२३ पुष, काठमाण्डौं । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न दुर्गम स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ लम्जुङको ठुलीेबेसीमा ४४ औं र तनहुँको टुहुरेपसलमा ४५ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।
पौष २१ मा आयोजित एक कार्यक्रममा ४४ औं शाखारहित बैंकिङ्ग सेवा मस्र्याङ्दी गाँउपालिकाका वडा अध्यक्ष लिला प्रसाद घलेले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि कर्ण सिंह तामाङ्गलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।
यसै क्रममा पौष २२ गते मंगलबार ४५ औं शाखारहित बैंकिङ्ग सेवा भानु नगरपालिकाका प्रमुख तारा नरेश पौडेलले उद्घाटन गरेका छन् ।
प्रमुख पौडेल र गण्डकी प्रदेशका कार्यालय प्रमुख रबिन्द्र केसीले शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु शिलवाललाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । दुबै शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
वि.सं.२०७६ पुस २३ बुधवार १६:४७ मा प्रकाशित






























