back
CTIZAN AD

प्रिमियर इन्स्युरेन्सको प्रमुख कार्यकारीमा विश्व तिमिला

वि.सं.२०७६ पुस २४ बिहीवार

2.4K 

shares

२४ पुष, काठमाण्डौं । प्रिमियर इन्स्युरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विश्व तिमिला नियुक्त भएका छन् ।

बीमा क्षेत्रमा झण्डै ४ दशक व्यतित गरिसकेका तिमिला पुष २२ देखि प्रिमियर इन्स्युरेन्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

कम्पनीको संचालक समितिले तिमिलालाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नका लागि विमा समितिमा पठाइएको सिफारीसलाई समितिले पुष १७ मा स्वीकृति प्रदान गरेसँगै तिमिला प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

यसअघि नेको इन्स्युरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालिसकेका तिमिलाले २०३७ सालदेखि ओरियन्ट इन्स्युरेन्स कम्पनीको बजार अधिकृतबाट आफ्नो क्यारियर सुरु गरेका थिए ।

तिमिलाले २०५३ मा नेको इन्स्युरेन्सको वरिष्ठ प्रवन्धकको रुपमा प्रवेश गरेर २०७२ देखि ०७६ जेठ सम्म प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका थिए ।

बीमा समितिले जारी गरेको ‘बीमंकको संस्थागत शुसासन निर्देशिका २०७५’ बमोजिम कुनैपनि बीमकको प्रमुख कार्यकारी अधिकृच उक्त वीमकको सेवाबाट निवृत्त भएको ६ महिनाको अवधि पूरा नभएसम्म अर्को वीमकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुन नपाउने प्रावधान रहेको र निजको सो अवधि २०७६ मसिर मसान्तमा पूरा भएको समेत इन्स्युरेन्सले जनाएको छ ।

वि.सं.२०७६ पुस २४ बिहीवार १७:२१ मा प्रकाशित

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ‘Version Next’ आई–सोलुसन प्रणाली शुभारम्भ

काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

६ महिनादेखि तलब जम्मा नभएका खाताको बीमा सुविधा निष्क्रिय हुने मञ्जुश्री फाइनान्सको जानकारी

काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडले ‘मञ्जुश्री तलब बचत खाता’ सञ्चालन गरिरहेका...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

काठण्डाैँ  । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...