back
CTIZAN AD

नविल बैंकले नगद लाभांश २२ प्रतिशत र बोनश सेयर १२ प्रतिशत दिने

वि.सं.२०७६ पुस २४ बिहीवार

1.4K 

shares

२४ पुष, काठमाण्डौं । नविल बैंकले आफ्ना शेयरधनीलाई २२ प्रतिशत लाभांश वितरण तथा १२ प्रतिशत बोनश सेयर दिने भएको छ ।

बैंकका संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालको अध्यक्षतामा पुष २२ मा सम्पन्न बैंकको ३५ औं साधारणसभाले उक्त निर्णय गरेको हो ।

बैंकको संचालक समितिले गरेको सिफारिस तथा राष्ट्र बैंकको स्वीकृति बमोजिम बैंकले आर्थिक वर्ष २०७५\०७६ को मुनाफाबाट नगद लाभांस २२ प्रतिशत र बोनश सेयर १२ प्रतिशत गर्ने निर्णय गरेको हो ।

आ.व. २०७५\७६ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु.४ अर्ब २४ करोड हासिल गर्न सफल भएको बैंकले जेथामा प्रतिफल १७.७६ प्रतिशत र प्रति शेयर आम्दानी रु.५०.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब १ अर्ब पुर्याएको जनाएको छ ।

बैंकको संचालन मुनाफा ६ अर्ब ३ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ६.६१∞ र ६.४५∞ ले वृद्घि भएको जनाएको छ । बैंकको संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको बताएको यस बैंकको “नेटवर्थ” रु. २३ अर्ब १९ करोड रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पुँजी यस बर्ष रु. १० अर्ब ९ करोड नाघेको छ ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड्यालले भने -‘नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।’

साधारणसभाकै अवसरमा २०७६-५-१४ मा केही बिदेशी नागरिकहरुद्धारा विभिन्न बैंकहरुको एटीएमबाट अनधिकत रुपमा रकम निकालिएको घटनालाई उजागर गरी संलग्न ब्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन सक्रिय भूमिका निर्वाह गरेबापत शेयरधनी समेतको सक्रियतामा बैंकका कर्मचारी, सुरक्षा गार्डहरु तथा महानगरिय प्रहरी बृत्त दरबारमार्ग काठमाडौंलाई सम्मान समेत गरिएको थियो ।

विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

वि.सं.२०७६ पुस २४ बिहीवार १८:०६ मा प्रकाशित

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...