२४ पुष, काठमाण्डौं । एनआईसी एसिया बैंकले अब २४ सै घण्टा ग्राहक सर्पोट सेवा प्रदान गर्ने भएको छ ।
आफ्ना ग्राहकरुलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस बैंकले अझै आधुनिक र प्रतिस्पर्र्धी सेवा दिने क्रममा विगत वि.सं. २०७१ सालदेखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको हो ।
यस बैंकका ग्राहकहरुलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा एन आई सी एशिया सपोर्ट सेवा वर्षको ३६५ दिन नै र २४ सै घण्टा ग्राहकको सम्पर्कमा रहीे सेवा सुविधाका लागि गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने बताएको छ ।
यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०-०१-७७७७१ मा सम्पर्क गरी वा ाfeedback@nicasiabank.com मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्ने पनि बैंकले जनाएको छ ।
यस सेवाको माध्यमबाट ग्राहकहरुबाट बैंकलाई आउने सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गरी ग्राहकहरुमा बिशेष लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।
मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको तथा करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको बैंकको प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेको बैंकले जनाएको छ ।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको तथा वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको पनि बैंकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
एनआईसी एसिया बैंकका ग्राहकलाई फुडमाण्डुले ३० प्रतिशत छुटदिने
वि.सं.२०७६ पुस २४ बिहीवार १७:४८ मा प्रकाशित






























