back
CTIZAN AD

माकुरी जालमा फँसेको शासन प्रशासन यन्त्र

वि.सं.२०७६ पुस २५ शुक्रवार

813 

shares

प्रविधि प्रणाली गुणस्तरहिन भयो भने मानिस नयाँ नयाँ प्राविधिक प्रणालीमा विश्वास गर्दैनन् र यसले नयाँ चुस्त स्मार्ट प्रणाली स्थापित हुन बाधा दिन्छ । नयाँ प्रविधि प्रयोग नगरी सेवा सुविधा गुणस्तरीय र तिब्र स्मार्ट हुन सक्दैन । यही माकुरी जालमा नेपालको शासन प्रशासन फस्दै आएको छ ।

सरकारका वेबसाईटहरूको बिजोग छ, सोसल मिडियामा कोही अघि सर्दैनन् । मिडियाहरू आआफ्ना स्वार्थ वा आग्रह पूर्वाग्रहमा लेख्छन्, बोल्छन् ।

सरकारको अनलाईन पोर्टलहरू अलिकति लोड पर्यो कि थचक्कै बस्छन् । त्यसको प्रत्यक्ष गुनासो गर्ने वा सुन्ने माईबाप कोही हुदैनन्, त्यस्तो बेलामा सबैजसो सरकारी कथित जिम्मेवार गैरजिम्मेवारहरू दुला पस्छन् ।

फोन उठ्दैन, उठेपनि जवाफ पाईदैन । हाकिम नै मेचमा हुदैनन्, मोबाईल नम्बर लुकाउछन्, ईमेल हेर्दैनन् । टेक्स्ट मेसेज पठायो जवाफ दिदैनन् ।

भेट्न गयो छिर्नै दिदैनन्, छिरे पनि अर्को कोठातिर जाउ भन्छन् । सुचना अधिकारी र प्रवक्ता नामका अफिसरहरू जन्तु जस्ता छन्, केही सूचना नै तिनलाई हुदैन, भए पनि लुकाउदामा आनन्द लिन्छन् । त्यसमाथि आफूलाई महाराज ठान्ने हाकिमहरू छन्, फ्रन्ट डेस्क सधै खाली हुन्छ ।

डेटाबेस छिनमैं ह्याक हुन्छन्, मर्मत गर्ने ल्याकत सरकारभित्रको संयन्त्रमा हुदैन, टिप्पणी लेखेर शासन गर्नमै मोज छ । सबै बिस्तारै हुन्छ, हुदैछ, पहिलेका सरकारहरूले के नै लछारपटार लगाएका थिए र ? भन्ने उही पूराना अनुहारका नयाँ सरकारका पात्रहरू आफ्नै मुखमा थुकेको पत्तो पाउन्नन् ।

बिजुली वा टेलिफोनको भर पर्यो भने सात गाउँ बाढीले डुबिसकेको हुन्छ ।

सरकारको कुनै पनि बाचा र आह्वान गधाले पनि सुन्दैनन्, मूसोले पनि पत्याउन्न ।
त्यसमाथि घुसैघूस शासन प्रशासन मशिनरीको लुब्रिकेन्ट बनेको छ ।

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

शहर भनेको यातायात ब्यवस्थापन नै हो

वि.सं.२०७६ पुस २५ शुक्रवार १४:१४ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...