त्यसो त आजका युवा असुरक्षित यौन सम्पर्कका कारण विभिन्न समस्यामा फस्ने गरेका हुन्छन् । अनचाहे अवस्थामा गर्भ रहनु, समाजमा छि : छि र दुर दुर हुनु, तथा आफैमा पनि आफूले गरेको गल्तीमा बोझ मान्नुपर्ने हुनाले धेरै युवाले जीवन वेकार भएको महसुस गर्दा अप्रिय घटना घटाउन पनि पछि पर्दैनन् ।
तर, त्यहि कुरा सुरक्षित तरिकाले गर्दा आफ्नो जीवन पनि सहज हुने र आफ्नो पार्टनरले पनि समाजमा उठ्ने नकारात्मक असरबाट टाढा रहन सक्छन् ।
त्यसो त हाम्रो आसय जसलाई पनि कण्डम लगाउनुस् र यौन सम्पर्क गर्नुस् भन्न खोजिएको होइन् । तर, जसलाई यसको आवस्यकता र जरुरी पर्छ त्यसले यो अपनाउँदा सुरक्षित भइन्छ भन्न खोजिएको मात्र हो । अहिलेको अवस्थामा धेरै विवाहित जोडिले अनचाहे समयमा गर्भ नरहोस् भनेर पनि यो प्रयोग गरिएको पाइन्छ भने केहीले एउटा बच्चा सानै रहेको र अर्को जन्माउने मन नहुँदा पनि यस्तो अस्थायी साधन अपनाउने गर्छन् ।
हामीलाई विस्वास्स छ हामीले दिएको यो टिप्स पाठकले सकारात्मक रुपमा लिइदिनुहुनेछ । र यो साधन अपनाउँदा आइपर्ने समस्याबाट सहजरुपमा बाहिर निस्कन सक्नुहुनेछ ।
हामीले यहाँ भन्न खोजेको कुरा सुरक्षित यौन सम्पर्कका लागि अपनाइने अस्थायी साधन कण्डमका कारण तपाईलाई अप्ठेरोमा त पारेको छैन । कण्डम लगाएर यौन सम्पर्क गर्दा भित्र फस्ने र त्यहि अड्किने समस्याले हैरान त हुनु भएको छैन ?

आउनुहोस् जानौ कण्डम अड्किएमा के गर्ने त ?
यौन सम्पर्कका क्रममा भेजिनामा कण्डम अड्किदा डराइ हाल्नु पर्दैन । यौन सम्पर्कका क्रममा स्खलन हुनासाथ आफ्नौ पार्टनरबाट छुट्टिइ हाल्नुहोस् । यदि कण्डम भित्र अड्कियो भने औलाले निकाल्ने कोशिष गर्नुहोस् । त्यस्तो अवस्थामा ध्यान दिनुहोस् कि, तपाईको औला सफा हुन जरुरी छ । औला छिराएर ठम्याउन सक्नुहुन्छ कि, कण्डम कहाँ अड्किएको छ भनेर अनि त्यहाँ औला छिराएर विस्तारै निकाल्नुहोस् ।

यस्तो अवस्थामा महिलाले उठबस गर्दा पनि कण्डम बाहिर निस्कने सम्भावना बढी हुन्छ ।
कुर्सी या ट्वाइलेटको कमोडमा बसेर खुट्टा तल झुण्ड्याएर बस्नुहोस् र बल गर्नुहोस् । जसरी सामान्य दिनमा हामी ट्वाइलेटमा बस्ने गर्दछौं । यसरी बल गर्दा पनि कण्डम बाहिर निस्कने सम्भावना बढी हुन्छ ।
यदि यी उपाय गर्दा पनि कण्डम बाहिर नआएमा गाइनोकोलोजिस्टकहाँ जानुहोस् जसले विभिन्न उपकरणको सहयोगले भित्र रहेको कण्डम सहजै निकालिदिन्छन् । कण्डमको कुनैपनि टुक्रा भित्र रहन पाउँदैन् । ऐजेन्सी
वि.सं.२०७६ पुस २९ मंगलवार १०:०७ मा प्रकाशित






























