back
CTIZAN AD

मगर संघ मकाउको प्रथम भेला सम्पन्न, अध्यक्षमा शम्सेर थापा

वि.सं.२०७६ माघ ३ शुक्रवार

1.3K 

shares

३ माघ, मकाउ । मगर संघ मकाउद्धारा आयोजित प्रथम भेलाले शम्सेर थापाको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको छ ।

माघे संक्रान्तिको अवसर पारेर आयोजित उक्त भेलाले संघको उपाध्यक्षमा हिरा थापा, महासचिवमा सुर्य कुमार थापा, सचिवमा शालिक बगाले मगर र कोषाध्यक्षमा नितु थापालाई चयन गरेको छ ।

त्यसैगरी संघको सदस्यहरुमा अनिल दर्लामी मगर, रनविर थापा खपाङ्गी, मान बहादुर थापा मगर, बिजय सी थापा मगर, निरन थापा मगर, इश्वर पुन मगर, दीपक श्रीस मगर, भुवन पुन मगर, प्रभु दास थापा, राम बहादुर राना, निर्मला थापा मगर र दीपक श्रीस मगरलाई चयन गरेको हो ।

शम्सेर थापाको संयोजकत्वमा जनवरी १६ ( माघ २ गते) मा माघे संक्रान्तिका अवसरमा आयोजित कार्यक्रममा मगर संघ हङकङकी अध्यक्ष श्रीमती युगमाया राना मगरको प्रमुख आथ्यिता, नेपाली महासंघ हङकङका अध्यक्ष टंक राना मगरको विशेष आतिथ्यता र नेपाल चेम्बर अर्फ कमर्श मकाउका अध्यक्ष तथा मगर संघ मकाउका संरक्षक शुदर्सन थापा मगर, एनआरएनए मकाउका अध्यक्ष पुर्ण बहादुर गुरुङ, मगरसंघ हङकङका सल्लाहकार बसन्त श्रीनेत, नेपाली जनसम्पर्क समिति मकाउका अध्यक्ष लेख बहादुर गुरुङ, सुदूरपश्चिमेली नेपाली समाज मकाउका अध्यक्ष पदम सिंहपंत, एआरएनए मकाउका कोषाध्यक्ष तथा हिङ मकाउका अध्यक्ष प्रेम कुमार बिकको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि युगमाया रानामगर र विशेष अतिथि टंक राना मगर तथा कार्यक्रम संयोजक शम्सेर थापाद्धारा पानसमा बत्ति बालेर उद्घाटन गरिएको उक्त कार्यक्रममा एकअर्कालाई घिउ, चाकु खुवाएर माघे शक्रान्तिको शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो ।

वि.सं.२०७६ माघ ३ शुक्रवार १०:२४ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...