back
CTIZAN AD

मुक्तक

वि.सं.२०७६ माघ ४ शनिवार

948 

shares

(१)
त्रिपन्नौ बसन्तको जंघार तरु लाग्छ
पग्लिएर मन आँखैबाट झरु लाग्छ
सुम्पिएर हर हिसाब यो जिन्दगीको
उनको दिलभित्रै बसाइँ सरु लाग्छ ।।

(२)
बिरुवा अनुसारको मौसमी फल फल्नु पथ्र्यो
भ्रष्टलाई संरक्षण दिए कालोमोसो दल्नु पथ्र्यो
गाइजात्रे शैलीमा सरकारले प्रशासन चलाउँछ,
निति नियमानुसार त सरकार पनि चल्नु पथ्र्यो ।

(३)
कलह सुरु हुन्छ तब जेथा हातबाट बित्तो भएपछि
भर हुन्छ भिरमा पनि समाउनलाई भित्तो भएपछि
छट्पटी र अनिन्द्रा मै बित्छ चिसा रातहरु अचेल,
निंद हराउँछ चैन हराउँछ अंगालोनै रित्तो भएपछि ।

(४)
म हुँ गाउँको मान्छे तिमी परी सहरको
काम आउछ आखिरीमा पानी नहरको
उपहार पठाएथें अमृत घडा तिमीलाई
सट्टामा पठायौ भरेर सिसि जहरको ।

(५)
मायालु यो तन अझ यो मन तिम्रै हो
सुस्त गतिमा चल्ने धड्कन तिम्रै हो
पहिलो नजरमै भुइचालो गयो दिलमा,
यो मुटु हल्लाउने पराकम्पन तिम्रै हो ।।

वि.सं.२०७६ माघ ४ शनिवार ११:१४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...