back
CTIZAN AD

कविता : जुरुक्क उठौं

वि.सं.२०७६ माघ ४ शनिवार

975 

shares

ख्वामितका आज्ञाकारी बबुराहरु
देश खान भेस बदले
पुच्छर डोलाएर सेवा गरे
थरथराएर उभिए
जुर्मुराएर सत्तारोहण गरे
भर्याङ बनेका जनता लत्याए
उनकै पसिना खोस्ने दाउ ढुकेर
ख्वामितकै इच्छा बमोजिम
शक्तिको दुरुपयोग गरे
देशको साख कमिसनसित साटे
पुर्खाको स्वाभिमान थिचे
समयको गति नचिन्ने कुलङगारहरु
जनभावनाको उछितो काढ्दै
सुलिमाथिको खोरभित्र पसेर
ख्यामितले फालेका पाँसुला लुछिरहेछन्
अवसरको उपयोग गर्न नसक्ने बबुराहरु
जनताको रगत पसिना खोसेर बहादुर बन्दै
ख्वामितकै पाउ परिरहेछन्
तर,
सचेत जनता जुरुक्क उठेर
विगुल फुक्दै आमाको पहरेदारीमा
झण्डा फहराइ रहेको
पत्तै छैन पुच्छर डोलाउन
व्यस्त बबुराहरुलाई !

वि.सं.२०७६ माघ ४ शनिवार ११:१५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...