back
CTIZAN AD

कविता : अभिशापी

वि.सं.२०७६ माघ ४ शनिवार

915 

shares

बुढो शरीर
थरथर काम्दो हात खुट्टा
लौरीको सहारामा
सकि नसकि जीवन उभ्याई रहेछु
कसैले दिएको खायर
आँशु संगै हातमुख जोडी
एक मुट्ठी प्राण धानि रहेछु
सकिदो रहेनछ चाँहेर मर्न
मरि मरि जीवन जीई रहेछु
जीउनुको अर्थ नै बिर्सीसके
अविरल आँशु संगै बाँचि रहेछु
मेरो त जीवन वरदान नभै
जीवननै अभिशाप बनिरहेछ
लौरीको सहारा र आँशुको भरमा
एक मुट्ठी प्राण अड्की रहेछ
हे ईश्वर ! नदेउ जीवन कसैलाई
मायालु पूष्पहरूबाटै अपहेलित
कसैले दिएको खाएर
आँशु संगै जीउनु भन्दा
हे भगवान ! देउ बरू मृत्युको बरदान
गरिरहेछु प्रार्थना हरक्षण हरपल
पाउनेछन मुक्ति तिम्रा भक्तहरूले
हाँसि हाँसि भन्नेछु अल विदा
हुनेछन तिम्रा अनगिन्ती भक्तहरू
छन् यहाँ अनगिन्ती म जस्ता अभिशापीहरू

(मन्दिरमा भेटहुनु भएको बृद्ध पितासँग कुराकानीमा आधारित)

वि.सं.२०७६ माघ ४ शनिवार ११:१८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...