back
CTIZAN AD

कविता : प्रेम

वि.सं.२०७६ माघ ४ शनिवार

924 

shares

प्रेम आलापमा फुल्दछन् जिन्दगी
प्रेमकै बातमा भुल्दछन् जिन्दगी ।
प्रेम हो प्रेमता प्रेम नैं आखिर
हैन खाएजसो दैनिकी जागिर ।।

प्रेम यो फूल हो प्रेम नैं पात यो
प्रेम माया र सद्भावको हात हो ।
टिप्नु यो हुन्न है चुड्नु यो पाप हो
प्रेम न्यानोछ घामको ताप यो ।।

प्रेमलाई घृणा गर्नु त्यो मुर्खता
मुर्खकै जालमा पर्नु त्यो मुर्खता
हुन्न है सुन ए ! प्रेमका शिक्षक
बन्नु त्यो हुन्न रे रक्षकै भक्षक ।।

प्रेम अन्धो बने रोशनी हर्दछ
घाम हो प्रेमता रापले मर्दछ ।
हैन धोखा घृणा हैन है प्रेम यो
प्रेम आराधना साधना प्रेम हो ।।

वि.सं.२०७६ माघ ४ शनिवार ११:२१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...