back
CTIZAN AD

कृषि समृद्धिको आधार मन्त्री-लेखबहादुर थापा

वि.सं.२०७६ माघ ४ शनिवार

978 

shares

४ माघ, पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि उत्पादन समृद्धिको आधार भएको बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय व्यावसायिक च्याउ उत्पादक कृषक सञ्जालद्वारा आज पोखरामा आयोजित ‘च्याउखेतीको अवसर तथा चुनौती’ विषयक सरोकारवालाबीच अन्तक्र्रिया एवं च्याउ परिकार महोत्सवको उद्घाटन गर्दै उनले कृषि क्षेत्र सरकारको पहिलो प्राथमिकता रहेको बताए ।

मन्त्री थापाले गण्डकी प्रदेशलाई च्याउमा आत्मनिर्भर बनाउने योजनासहित आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने बताउँदै कृषि क्षेत्रमा प्रदान गरिने अनुदान वास्तविक कृषकले पाउने विश्वास व्यक्त गरे ।

कम लगानीमा बढी उत्पादन गर्न स्रोत संरक्षण आधुनिक प्रविधि प्रयोग गरेर व्यावसायिक कृषिमा लाग्न आग्रह गर्दै उनले स्रोत संरक्षण आधुनिक प्रविधि, भण्डारण र बजारीकणमा सरकारको सहयोग रहने बताए ।

प्रदेशसभा सदस्य दीपक कोइरालाले कृषि क्षेत्रलाई तीनै तहका सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उन्नत जातका बीउ र बजार व्यवस्थापनमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री केशवलाल श्रेष्ठले नेपालमा च्याउखेती र यसको भविष्य विषयक कार्यपत्र प्रस्तुत गर्दै मुलुकका ४२ जिल्लामा व्यावसायिक च्याउखेती हँुदै आएको जानकारी दिए । च्याउ सेवनले दीर्घजीवन दिने बताउँदै उनले यसको विकास र विस्तारका लागि सरकारीस्तरबाट पहल गरिनुपर्ने आवश्यकता औल्याए ।

च्याउ विशेषज्ञ टीकाराम अर्यालले मुलुकको समृद्धिका लागि व्यावसायिक च्याउखेती आवश्यक रहेको बताउँदै दैनिक च्याउ सेवनले क्यान्सर, मुटुरोग, मिर्गाैला, सुगरलगायत विभिन्न रोगसँग जुध्नेशक्ति प्रदान गर्ने बताउनुभयो ।

महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका च्याउ उत्पादक कृषकद्वारा उत्पादित विभिन्न जातका च्याउको मम, सुप, अचार, सेकुवा, पकौडा, कुकिज, सुकुटीलगायत परिकारको आकर्षण रहेको छ । रासस

वि.सं.२०७६ माघ ४ शनिवार १२:५८ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...