back
CTIZAN AD

कविता : सिमानामा दुःखेको स्वाभिमान

वि.सं.२०७६ माघ ४ शनिवार

1.4K 

shares

सिमानामा घाउ लागेर
देशलाई दुःखेको बेला
छातिमा देश बोक्नेहरूलाई
सब भन्दा बढि दुःख्ने रहेछ देश ।
लाग्छ,
…माटोको माया मन भरि टाँसेर बाँच्नेहरूलाई
बा‘च्नू भन्दा बढि माटो कै माया हूनेरहेछ..

सोच्छु,
यसरी त कहिले दुखेन जिन्दगी
आफ्नै प्रिय जनहरूका बिदाईमा पनि
यसरी त कहिले उठेन आवेशको पहाड

भएन ऐठन
प्रिय भन्दा प्रिय बहूमुल्य वस्तू
सदालाई गुम्दा पनि ।
तर आज छिमेकीले देशको सिमानामा
नङ्ग्रा गाढ्न खोजि रहदा
लागि रहेछ
आफैलाई बिर्सिएर आक्रोशको झरि बर्षाऊ ।
र ,बगाऊ जसरी बर्षामा नदिले बगाउछ
छेउछाउका झाडि र पत्कर..
लागि रहेछ बजाऊनै पर्छ अब
वीरताको राष्ट्रिय गीत

देखाउनै पर्छ अब
स्वाभिमानको सगरमाथा
निर्लज्ज हिड्न खोजिरहेको
छिमेकीको बाटो छेकेर ।

छिमेकीको खातिर
अन्जूलीमा सदभावको फूल बोकेर
बिझाउला कि झै गरेर सदैव
सत्कारले सौगात अर्पि रहदा
छिमेकी ,छिमेकी जस्तो बनेन कहिल्यै पनि
बूझेन हाम्रो मित्रताको बराबर ईमान ।
बरू, बदलामा उस्ले मुसा बनेर
खनि रह्यो हाम्रो छाती भन्दा प्यारो देश…।

यतिबेला
लेख्नु छ छिमेकीलाई जरूरी पत्र
भन्नु पर्ने छ : बसौ न आऊ सम्बन्धको चौतारी
हेरौ न : इतिहासको रेखाहरूमा उठेका
ईमान र वीरता हिमालहरूः कस्का कति ठुला ।
भन्नु छ उस्लाई
सम्बन्धको गलत प्रयोग कहिले नगर्नु छिमेकमा
किनकी असल छिमेकी, असल रहेन भने
धेरै कुरा असल नरहन पनि सक्छ घर भित्र ।।।

यति बूझ्नु : इन्चि अमल दुःख्दैन स्वाभिमान ।
नदुखाउनू कुलसित अभिलाषा
बोकेर छिमेकी हुनुको दायित्व ।
नगर्नू निर्मम हत्या अन्योन्याश्रित सम्बन्धको ।
यसरी नदुखाउनू एक देशले अर्को देशको स्वाभिमान
यसरी नखेल्नु आगोसँग जानि जानि..।।

वि.सं.२०७६ माघ ४ शनिवार ११:४३ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...