हिटर, कुलर र एसी कम्पनीका
डिलर, थोक र खुद्रा पसल
जती सक्छौ महंगोमा बेच यक्ष
जिन्दगी बनाऊ :
जाडो जिन्दावाद ।
वाइन, रक्सी, भोड्का, रम कम्पनीका
डिलर, थोक र खुद्रा पसल
जती सक्छौ महंगोमा बेच
जिन्दगी बनाऊ :
जाडो जिन्दावाद ।
चुरोट, खैनी, गुट्खा, पानपराग कम्पनीका
डिलर, थोक र खुद्रा पसल
जती सक्छौ महंगोमा बेच
जिन्दगी बनाऊ :
जाडो जिन्दावाद ।
तुसारो, सितलहर, हिउंले
किसानका बाली सखाप पार्यो
भकानिन्छन् पीडामा किसान ।
व्यापारीहरू कालो बजारी गर्छन्
खुसी खुसी
महंगोमा बेचेर नाफा कमाउँछन्
जाडो जिन्दावाद ।
मान्छेहरू
जाडो भन्दै रेष्टुरेन्ट, होटल धाउंछन्
रक्सी, चुरोट, मासु खान्छन्
कती खाने सिमा छैन्
होटल, पसल
जती सक्छौ महंगोमा बेच
नाफा कमाउ, जिन्दगी बनाऊ :
जाडो जिन्दावाद ।
धनी गरिव जोसुकै होस्
जाडो उसको बाहाना हुन्छ
घरमै ल्याउछ रक्सी, चुरोट, मासु
कती खाने सिमा छैन
बिर्सिदिन्छ
भोली खाने सामल छैन
छोरा छोरी भोकै नांगै
नसामा उ मस्त हुन्छ
जती सक्छौ महंगोमा बेच
नाफा कमाउ व्यापारी
जाडो जिन्दावाद ।
बिजुली, पेट्रोल, मट्टितेल बेच
नाफा कमाउ व्यापारी
जिन्दगी बनाऊ :
जाडो जिन्दावाद ।
रक्सी, चुरोट शरीर जिर्ण
तातो न्यानु गर्न पैसा छैन
दम, प्रेसर, निमोनिया र भाईरल ज्वोरो
अस्पताल जानै पर्यो
सेवा भन्दा व्यापार धेरै
जती सक्छौ महंगोमा बेच
नाफा कमाउ, जिन्दगी बनाऊ :
जाडो जिन्दावाद ।
जाडोमा
हिड्दै, बोल्दै ओछ्यान पर्छ
क्षणभरमै यमराजले आफ्नै पार्छ
जाडो जिन्दावाद ।
गरिवको व्यथा आफ्नै छ
पेट भर्न आंटो छैन,आंङ ढाक्ने नाना छैन ।
तारा छेक्ने छानो छैन ।
खालीपेट ठन्डीमा कठांग्रीएर
मर्ने रहर छैन
बाच्नु त्यति सजिलो छैन
गर वा मर
जाडो जिन्दावाद् ।
धनीको महलमा मजा छ आफ्नै
एसीको तातो रक्सीको नसा
चुरोट धुवाको मुस्लोमा
भेटघाट जमघट आहा कती रमाईलो
जाडो जिन्दावाद ! जिन्दावाद ।
वि.सं.२०७६ माघ ४ शनिवार ११:४० मा प्रकाशित






























