back
CTIZAN AD

दश रुपैयाँमै खाना खुवाउँछन् नेपालगन्जका नरेश

वि.सं.२०७६ माघ ४ शनिवार

792 

shares

४ माघ, नेपालगन्ज । रु १० मा खाना ! त्यो पनि आजको महँगो समयमा ? असम्भव लाग्ने काम सम्भव गराएका छन् , नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले । बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्तिकदेखि रु १० मै खाना दिने पुण्य काम गर्दै आएका छन् ।

सदरलाइनस्थित नगर भवनअगाडि मङ्गलबार र शनिबार ‘मेस’ चलाएर रु १० मै एक छाक खाना बाँड्ने गरिएको छ । पाँच सयसम्म सर्वसाधारण खाना खान पुग्छन् । “आफूले कमाएको पैसा महँगो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहत त दिएको छ नै, खानाकोे गुणस्तरमा कुनै सम्झौता नगर्ने भएका कारण अरू पनि खाना खान पुग्छन्, खानामा भात, दालका साथै मिठाई पनि दिइन्छ”, उनले भने ।

उनन्सत्तरी वर्षीय अग्रवाल नेपालगञ्जका परिचित व्यवसायी हुन् । उनले २०५० सालदेखि रामदूत स्टेशनरी सञ्चालन गर्दै आएका थिए । लामो समयसम्म व्यवसायमा संलग्न रहेका अग्रवालले यतिबेला भने ‘रिटायर्ड’ जीवन बिताइरहेका छन् । “छोराहरु व्यवसायमै छन्, म पुण्यको कामतिर लाग्छु भनेर यो काम शुरु गरेको हुँ”, अग्रवालले भने । उनका जेठा छोरा आदेशले रामदूत प्रिन्टर्स सञ्चालन गरिरहेका छन् ।

दुई दशकभन्दा बढी समय सङ्घमा रहेका आदेश अहिले कोषाध्यक्ष हुन् । भने आगामी माघ ११ गते हुने उद्योग वाणिज्य सङ्घको निर्वाचनमा उद्योगतर्फ उपाध्यक्ष उम्मेदवार बनेका छन् । त्यस्तै कान्छा छोरा निखिल पनि व्यवसायमा छन् । उनलाई नेपालगञ्जका अरू प्रतिष्ठित व्यवसायीले पनि साथ दिएका छन् ।

उनले शुरु गरेको काममा नेपालगञ्जका प्रतिष्ठित व्यवसायी सञ्जय अग्रवाल, विजय गुप्ता, रञ्जीत लखेर, सञ्जीत ज्वेलर्सका साथ रहेको छ । अग्रवालले सबैको साथ र सहयोग पाए आगामी दिनमा यसलाई अझै विस्तार गर्दै लैजाने योजना बनाएका छन् छ । “यो पुण्य काममा सबैको साथ पक्कै रहन्छ”, अग्रवालले भने, “बाँचुन्जेल यस कामलाई निरन्तरता दिनेछु ।”
हार्दिक बधाई छ हजुरलाई ।रासस

वि.सं.२०७६ माघ ४ शनिवार १३:४७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...