back
CTIZAN AD

कविताको उपविधा ‘साइनो’ सम्बन्धी सक्षिप्त चिनारी

वि.सं.२०७६ माघ ४ शनिवार

1.5K 

shares

प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशको मूल अनुक्रममा रहेको सम्बन्ध शब्दको अर्थ जनाउने शब्दका रूपमा ’साइनो’ शब्दको प्रयोग गरिएको छ । मूल रूपमा परिवार र नाता कुटुम्बसँगको सम्बन्धलाई जनाउने यो सम्बन्धार्थी शब्द हो । देशभित्र र देश बाहिर नेपाली समुदाय र समाजमा ’साइनो’ शब्द सबैतिर प्रचलित छ । यसै शब्दसँग जोडिएर नेपाली साहित्यमा हालसालै एउटा प्रयोग (सिर्जना) गरिएको छ–’साइनो’ यसका प्रणेता साहित्यकार छायादत्त न्यौपाने ’बगर’ हुनुहुन्छ । साइनो कविताको उपविधा हो । प्रयोगका लागि गरिएको प्रयोग नभएर साइनो स्वतस्फूर्त सिर्जना हो भन्ने कुरा साइनोका प्रणेताले पटकपटक स्पष्ट पारिसक्नुभएको छ ।

साइनोको आफ्नै मौलिक संरचनागत र भाव संयोजनगत सैद्धान्तिक मान्यता छ । यसमा जम्मा तिन हरफ हुन्छन् । पहिलोमा सात अक्षरको समूह, दोस्रोमा आठ अक्षरको समूह र तेस्रोमा नौ अक्षरको समूह हुन्छ । शब्द र अर्थको सम्बन्धका आधारमा यिनलाई तिन गुच्छा पनि भनिन्छ । यसमा जम्मा चौबिस अक्षर हुन्छन् । साइनोको प्रत्येक हरफको छुट्टै अर्थ हुन्छ र समग्रमा एउटै सिङ्गो गहन भाव हुन्छ । प्रत्येक गुच्छाको स्वतन्त्र अर्थ र समुच्चमा (तिनवटै हरफको) एउटै सिङ्गो गहन भावको संयोजन साइनोको सैद्धान्तिक मान्यता, मौलिक पहिचान र विशेषता हो । कविताको आफ्नै लय हुन्छ । साइनोको प्रत्येक हरफको अन्त्यमा (पहिलो पङ्क्तिको सातौँ, दोस्रोमा आठौँ र तेश्रोमा नवौँ अक्षरमा) विश्राम हुन्छ । शब्द र अर्थको सम्बन्ध र भावबोधका आधारमा हरफहरूका बिचबिचमा पनि आवश्यकता अनुसार विश्राम गर्न सकिन्छ । बिचबिचमा बिश्रामबारे छलफल र बहस जारी छ ।

सामान्य रूपमा संरचना मात्र मिलाएर विषयको व्याख्या-वर्णन गर्दैमा मात्र पाठकको मन–मस्तिष्क झङ्कृत नहुन सक्छ, साइनोको गाम्भीर्यता नझल्किन सक्छ । सुन्दर र गहन भाव, प्रतीक बिम्बको बेजोड प्रयोग र प्रबल व्यङ्ग्य चेतनाले साइनो आस्वाद्य बन्न सक्छ । भाव र शैलीको शिल्पदक्षताले नै रचना उत्कृष्ट र दीर्घजीवी बन्न सक्छ ।

साइनो संरचना र भाव संयोजनका दृष्टिले नेपाली मन मस्तिष्कमा जन्मेको नितान्त मौलिक सिर्जना हो । साइनोमा नेपाली भाषिक सिर्जनाको मौलिक पहिचान अन्तनिर्हित छ । साइनो मौलिक स्वादको कविता (उपविधा) हो ।

प्रथमत :रचना सिर्जना भयो । साइनो नाम राखियो ।
प्रत्येक हरफका शब्दको गुच्छा, स्वतन्त्र अर्थ र समुच्चमा एउटै सिङ्गो भाव संयोजनको पारस्परिक सम्बन्धका आधारमा ’साइनो’ नाम सार्थक देखिन्छ । साइनोका सैद्धान्तिक बहस र छलफल र जारी छन् । यसबारेमा विद्वत् वर्ग, साहित्यकार र शुभ चिन्तकका अमूल्य विचार र सुझाबहरू प्राप्त भइरहेका छन् ।

छोटो समयमा नै धेरै सर्जकहरू साइनो लेखनमा साधनारत देखिन्छन् । विभिन्न पत्र पत्रिका, सन्जाल, साहित्यिक पत्रिकामा साइनो तथा यस सम्बन्धी लेख अन्य सञ्चारका माध्यममा पनि साइनो वाचन, अन्तर्वार्ता र चर्चा–परिचर्चा भइरहेका छन् । साइनोको लोकप्रियता दिनप्रतिदिन बढ्दै गइरहेको देखिन्छ ।

वि.सं.२०७६ माघ ४ शनिवार १३:२४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...