back
CTIZAN AD

हेर्नुहोस् खाना अघि नुहाउनु राम्रो कि खानापछि ?

वि.सं.२०७६ माघ ५ आइतवार

1.9K 

shares

शरीरको सफाइ जुन बेला गरेपनि फाइदा नै हुन्छ । शरीरको सफाइले विभिन्न प्रकारका रोगबाट बचाउँछन । साथै यसमा शरीरको सफाइ मात्र भएर हुँदैन मानिसमा मनैदेखि पनि सफा, शान्त र सकारात्मक सोँच हुन जरुरी छ । अनि मात्र भित्रि बाहिरी दुवै रुपमा सफा र सुन्दर बन्न सकिन्छ । त्यसैले स्वास्थ्य रहन हाम्रा धेरै बानीहरु सुधार गर्नु जरुरी छ । त्यसमा नुहाउनु पनि महत्वपूर्ण सफाइ हो । तर नुहाँउदा खाना खानुभन्दा पछि भन्दा पनि अघि नुहाँउदा धेरै फाइदा हुने स्वस्थ्यविज्ञ बताउँछन् ।

पाचनशक्तिमा सहयोग गर्छ- खाना खानुभन्दा अघि नुहाउँदा पाचनक्तिमा फाइदा हुन्छ । खाने खाएपछि हाम्रो पेट सक्रिय मोडमा हुन्छ । ताकी हामिले खाएको खाना राम्रोसँग पचोस् । तर खाना खाएर तुरुन्त नुहाँउँदा यसको असर पेटमा पर्दछ । नुहाउँदा हाम्रो शरीरको तापमान घट्छ । खाना खाइसकेपछि यसलाई पचाउनका लागि शरीरको तापमान अत्यन्त महत्वपूर्ण हुन्छ । यो पनि एउटा कारण हो खाना राम्रोसँग नपच्नु ।

उर्जावान महसुस-खाना खानुभन्दा पहिला नुहाउँदा तपाइ उर्जावान तथा फ्रेस महसुस गर्नु हुन्छ । आयुर्वेदको भाषामा नुहाउनु हाम्रो शरिरलाई शुद्ध बनाउनु पनि हो । नुहाएपछि खाना खाँदा तपाइ आफूलाई फ्रेस महसुस गर्नुहुन्छ । साथै आन्तरिका रुपमा उर्जावान पनि बन्नुहुन्छ । त्यतिबेला तपाइ कुनै पनि काममा आफूलाई सक्षम मान्नुहुन्छ । खाना खानुभन्दा पहिला नुहाँउदा तपाइ आफूलाई शारीरिक र मानसिक दुवैरुपबाट स्वस्थ पाउनुहुन्छ ।

खाना खाँदा आनन्द हुन्छ-तपाइ यो नभुल्नुस् कि खाना खाँदा आफ्नै मजा हुन्छ । तर, तपाइ खाना खाएपछि नुहाउँनु भयो भने खानको मजा लिन सक्नुहुन्न । यसका साथै खानाको पनि बोझ हुन्छ । यदि तपाइ नुहाएर खाना खानु भयो भने भित्र भित्रै खुसी महसुस हुनुका साथै विभिन्न स्वादका खानाको पनि भरपुर फाइदा उठाउन सक्नु हुन्छ ।

चिसो पानीले नुहाउनुको फाइदा

 चिसो पानीले नुहाउँदा तपाइलाई धेरै प्रकारका फाइदा हुन्छ । एक अनुसन्धानका अनुसार चिसो पानीले नुहाउँदा तपाइमा रोगप्रतिरोधात्मक क्षमता बढ्छ । साथै रक्त संचारमा पनि फाइदा पुग्छ । चिसो पानीले नुहाउँदा तपाइ तनाव तथा थकाइबाट पनि पर रहनुहुन्छ । शरीरमा उर्जा प्रवाह हुन्छ ।

त्यस्तै चिसो पानीले नुहाउँदा टाउको दुख्ने समस्या तथा थकाइबाट छुट्कारा मिल्छ । नेदरल्याण्डका बैज्ञानिकहरुले झण्डै ३ हजार चिसो पानीले नुहाउनेहरु मानिसहरुका विचमा अनुसन्धान गरेका थिए । जसमा चिसोपानीले नुहाउनेहरु विमारीबाट पनि छिटो ठिक भएका थिए भने जो अफिसमा धेरै खट्ने तथा टाइम नमिल्नेहरु पनि कम बिमार परेका थिए ।

व्यक्तिहरुमा अनुसन्धान गरिएको थियो उनीहरुले भनेका थिए, ‘जति एक कप कफिले शक्ति मिलेको महसुस हुन्छ त्यति नै बिहान चिसो पानीले नुहाउँदा भित्रैदेखि आनन्द महसुस हुन्छ ।’ यसका साथै उनीहरुले चिसो पानीमा कदम राख्नासाथ धेरै अर्लट र भरपुर उर्जा मिलेको बताएका थिए । यस्तो बेला गहिरो सास लिइने र यसले रक्त प्रवाह छिटो हुनाले त्यसबाट तनावमुक्त हुनुका साथै रोग प्रतिरोधात्म क्षमता वृद्धि हुने सम्भावना बढ्छ ।

वि.सं.२०७६ माघ ५ आइतवार ०९:५० मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...