back
CTIZAN AD

नेपाली दूतावास ओमानद्धारा नेपाल भ्रमण वर्षको औपचारिक सुरुवात

वि.सं.२०७६ माघ ६ सोमवार

1.7K 

shares

६ माघ, ओमान । नेपाली दूतावास ओमानले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात गरेको छ ।

ओमानको राजधानी मस्कटस्थित ईम्ति भिलेजमा पुष २५ मा एक कार्यक्रमको आयोजना गरी दूतावासले भ्रमण वर्ष २०२० को सुरुवात गरेको जनाएको छ ।

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेसँगै ओमानस्थिन नेपाली दूतावासले विविध कार्यक्रम गरी यसलाई सफल बनाउने तयारी गरेको हो । ओमानको राजधानी मस्कट भन्दा करिब १२५ कि मि टाढा रहेको ऐतिहासिक महत्वको गाउँमा कार्यक्रम आयोजना गर्नु आँफैमा एक सुनौलो अवसर भएकोले पनि यो कार्यक्रम अन्य भन्दा अलिक भिन्न रहेको दूतावासले जनाएको छ ।

ओमानी सभ्यताको पहिचान दिने यो प्राचीन बस्तीले कार्यक्रमका सहभागीहरूलाई ओमानको इतिहाससँग साक्षात्कार हुने मौका प्रदान गरेको बताइएको छ । झण्डै एक हजार जनाको बसोबास रहेको उक्त बस्तीमा आयोजित कार्यक्रमले ओमानी जनतासँग नजिकको सम्बन्ध स्थापित गर्दै पर्यटन प्रबर्द्धनमा लक्षित समुहसँग नजिक हुने वातारणको सिर्जना गरेको समेत दूतावासले जनाएको छ ।

नेपाली संस्कृति अनुसार शुरू गरिएको उक्त कार्यक्रममा ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै नेपाली पर्यटनका विविध आयामहरूबारे आफ्नो मन्तव्य राखेकी थिइन् । राजदूत ढकालले नेपाली कला, संस्कृति तथा प्राकृतिक सौन्दर्यको अलावा यसै वर्ष अथवा आगामी वर्षमा नेपाल किन घुम्ने भन्ने कुरामा विशेष जोड दिएकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्रालय ओमानका सचिव शेख खलिफा अलि अल हार्थीले नेपाल आफूलाई धेरै मन पर्ने बताउँदै नेपाली दूतावासको निमन्त्रणा स्वीकार गरि नेपाल सरकारले शुरू गरेको यस महत्वपूर्ण कार्यलाई साथ दिने तथा ओमानी पर्यटकहरूलाई नेपाल भ्रमणमा जान प्रेरित गर्ने समेत बताए ।

हार्थीले यहाँस्थित विभिन्न मुलुकका दूतावासहरूमध्ये पहिलो पटक मस्कट शहरभन्दा बाहिर पहिलो कार्यक्रम आयोजना गरेकोमा नेपाली दूतावासलाई धन्यवाद ज्ञापन समेत गरेका थिए ।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेकी पहिलो ओमानी महिला नदिरा अल हार्थीले आफूले नेपाल भ्रमण तथा सगरमाथा आरोहण गर्दाको रोमाञ्चकारी अनुभव सुनाएकी थिइन् ।

कार्यक्रममा नेपाली गीत गाउने पहिलो अरबिक गायक हाइथम मोहम्मद रफिले नेपाली कला संस्कृतिबारे आफ्नो भनाइ राख्दै एक नेपाली तथा एक अरबिक गीत गाएका थिए ।

कार्यक्रममा ओमानका लागि नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त संगीत तथा संस्कृतितर्फ अरबिक गायक हाइतथम मोहम्मद रफि, साहसिक पर्यटनतर्फ नादिरा अल–हार्थी र सामाजिक अभियन्ता तथा प्राज्ञिक व्यक्तित्व डा. चिथ्रा नारायणलाई राजदूत ढकालले नियुक्तिको प्रमाण पत्र हस्तान्तरण गरेको समेत दूतावासको विज्ञप्तिमा जनाइको छ ।

ओमानस्थित नेपाली समुदायको सक्रिय सहभागिता रहेको सो कार्यक्रममा नेपाली खानाका परिकारहरु (सेलरोटी, मःम, ढिक्री, भक्का, दालको फुरौला, गुन्द्रुकको अचार, चुकाउनी) लगायतका खानाहरु प्रत्यक्ष रूपमा कार्यक्रमस्थलमा नै तयार गरि अतिथिहरूलाई नौलो स्वादहहरू पस्किइएको थियो ।

ओमानमा बस्ने नेपाली दाजुभाईहरूले कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायतका विशिष्ट पाहुनाहरूलाई विश्रामस्थलबाट कार्यक्रमस्थलसम्म विभिन्न परम्परागत नेपाली लोकबाजासहितको सांगीतिक प्रस्तुतिको साथमा स्वागत गरेका थिए ।

कार्यक्रममा इज्की क्षेत्रका गभर्नर शेख मोहम्मद विन अब्दुल्लाह अल बुसइदी, पर्यटन मन्त्रालयको अल दाखिलिया क्षेत्रको पर्यटन विभाग प्रमुख खलिल विन सइद अल टूवी, उक्त क्षेत्रबाट शुरा काउन्सिलका विभिन्न क्षेत्रका सदस्यहरू जाहिर विन अली विन मराश अल आर्मी, महामहिम गुनिस विन अलि विन अजान अल–मान्धारी, अहमद विन नासेर विन सलिम अल–अब्री, हाम्दान विन नासेर मौसुद अल-रूमइधी, मोहम्मद विन हुमृद विन नासेर अल-शुईली,मोहम्मद विन सुलेमान विन तामिम अल–हिनाई, अब्दुल्लाह विन सलिम विन मोहम्मद अल-जुनैवी, जमाल विन अहमद विन हमाद अल–अब्री, सलिम विन हमाद विन सलिम अल-महरुकी, अब्दुल्लाह विन हामूद विन सलिम अल–न्दावी, मोहम्मद विन खमिस विन नाभन अल-हुसइनी,याकूब विन मोहम्मद विन अमुर अल-राहवी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी ओमान चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत डा. अल-फदल अल हिनाई, कलाकार तथा ओमान सोसाईटी फर फाइन आर्ट्सका निर्देशक मेडम मार्यम अल जड्जाली, विभिन्न देशका राजदूतहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, स्थानीय सरकारका कर्मचारीहरू तथा स्थानीय ईज्की क्षेत्रका सर्वसाधारणहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापाले सञ्चालन गरेको उक्त कार्यक्रमम राजदूतका श्रीमान विमल ढकाललगायत दूतावासका अनय कर्मचारीहरूको सहभागिता रहेको थियो ।

वि.सं.२०७६ माघ ६ सोमवार १७:२२ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...