back
CTIZAN AD

यसरी मनाइयो फ्रान्समा माघे संक्रान्ति

वि.सं.२०७६ माघ ७ मंगलवार

1K 

shares

७ माघ, फ्रान्स । मगर समाज फ्रान्सले मगरहरुको मुख्य पर्व माघे संक्रान्ति धुमधामका साथ मनाएको छ ।

संघले सदा झै यसवर्ष पनि १९ जनवरीमा विविध कार्यक्रमको आयोजना गरी माघे संक्रान्ति मनाएको हो ।

मगर संघ फ्रान्सका अध्यक्ष रमेश थापा र नेपाली दूतावास फ्रान्सका उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले संयुक्त रुपमा पानसमा बत्ति बालेर उद्घाटन गरेको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष विष्णु सारु मगरले स्वागत मन्तव्यसहित मगर जाती र संस्कृतिका बारेमा प्रकाश पारेका थिए ।

उनले नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण बर्ष २०२०’ लाइ मगर समाज फ्रान्सले सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गरे ।

उक्त कार्यक्रममा माघे संक्रान्तिको विशेष परिकारहरु तरुल, तिलको लड्डू, चाकु, सेलरोटी अचार सहित स्वादिस्ट भोजनको व्यवस्था समेत रहेको थिो ।

समाजकी कला संयोजक मेनुका थापाले स्थानीय भाई बैनीहरुलाई सयोजँन गरी तयार पारेको मौलिक नृत्यकला प्रस्तुत गरीरहँदा आमदर्शकहरु आफू स्वदेशमैं भएको अनुभूति गरेका थिए । अझै जापानी नागरिक सुश्री इकोमी तोगावा स्थानीय चर्चित कलाकार भिम राईसँग ‘दुबो फूल्यो’ गीतमा नेपाली ठेट लयमा नाच्दै गर्दा आम दर्शकले ‘वान्स मोर’ भन्दै हुटिंग गरेका थिए ।

कार्यक्रम प्रस्तोताद्वय जीवन थापा र रमा थापाले बीच बीचमा ठट्टेउली पारामा प्रस्तुत गरेको सायरीले दर्शकहरुलाइ थप रोमान्चित बनाएको थियो ।

स्थानीय सबै नेपाली संघ संस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा बिश्व मगर संघ बेल्जीयमका युरोप संयोजक नेत्र थापा मगर र मगर संघ पोर्तुगलक अधक्ष्य चोप बहादुर थापा रहेका थिए ।

उक्त समारोहको मन्तब्य दिनेक्रममा प्रमुख अतिथि नेपाली राजदूताबास फ्रान्स उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले यस्ता कार्यक्रमहरुले आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नुको साथै फ्रान्समा जन्मी हुर्कदै गरेका पूस्ताहरुले आफनो मौलिक कला संस्कृतिको मूल्य मान्यता बारे जानकारीका लागि महत्वपूर्ण हुने बताएका थिए ।

उक्त समारोहमा नेपालका चर्चित कलाकारद्वय प्रसाद खप्तरी मगर र निता पुन मगरको प्रस्तुतिले दर्शकलाइ निकै बेर नचाएको थियो । साथै स्थानीय कलाकार जी पी गुरुङ, आभाष आचार्य, स्वर्णिम गुरुङ, सुमन ह्यंग राईको प्रतुती निकै आकर्षक रहेको थियो भने डेनमार्कबाट उपस्थित अतिथि कलाकार एन्जल खत्रीको प्रस्तुतिले दर्शक माझ वाहवाही लुटेको थियो ।

कार्यक्रमको अन्तमा समाजका अध्यक्ष रमेश थापाले उपस्थित सबै तथा समारोह सफल बनाउन दिनरात खटेका समाजका सबै साथीहरुलाई बिशेस धन्यबाद ज्ञापन गरेका थिए ।

वि.सं.२०७६ माघ ७ मंगलवार १२:१८ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...