७ माघ काठमाडौं । आजको सेयर कारोवार (नेप्से) अघिल्लो दिनको तुलनामा झिनो अंकको सुधार देखिएको छ ।

नेप्से परिसुचक ०.२६ प्रतिशत अर्थत ३.३६ अंकले उकालो लाग्दा हिमालयन बैंकको प्रमोटर सेयरले आज २४ करोड ४६ लाख १७ हजार तीस बराबरको ८४३,५०७ कित्ता सेयरको कारोबार गर्यो । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढि ६१ अंक अर्थात ९.८२ प्रतिशतले कमाएको छ ।

यसैगरी ग्लोबल आईएमी बैकं र पाँचथर वावर कम्पनीले पनि सकारात्मक कारोबार गरेका छन । आज सबै भन्दाबढी गुमाउनेमा एनआईसी एशिया ग्रोथ कोष रहेको छ । उसले अघिल्लो दिन भन्दा १ अंक अर्थत ६.४८ प्रतिशतले गुमाएको छ । कारोबार बन्द हुँदा उसको ९.५२ रुपैयाँ प्रति कित्ता सेयर मुल्य रहेको थियो ।

वि.सं.२०७६ माघ ७ मंगलवार १७:३९ मा प्रकाशित





























