back
CTIZAN AD

जसितासँग अनमोलले रोमान्स गर्दा, भुवन बने भिलेन

वि.सं.२०७६ माघ ९ बिहीवार

798 

shares

काठमाडौँ । काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘एन्टी हिरो’ मा अभिनेत्री जसिता गुरुङसँग अभिनेता अनमोल केसीले रोमान्स गर्ने फाइनल भएको छ । र, उक्त चलचित्रमा भुवन केसी भिलेन बन्ने भएका छन् ।

चलचित्र ‘लिलिबिली’ बाट आफ्नो फिल्म करिअर सुरु गरेकी नायिका जसिताको पछिल्लो समय प्रदर्शन भएको चलचित्र ‘लभ स्टेशन’ हो । यो चलचित्र बक्सअफिसमा असफल भएपछि उनले रेनशा वान्तवा राईको ‘आई एम ट्वान्टिवान’ साइन गरेकी हुन् । उक्त चलचित्र अहिले सम्म छायांकन हुन नसकेको बताइएको छ ।

नायक तथा निर्माता भुवन केसीले निर्माण गर्न लागेको उक्त चलचित्र ‘एन्टी हिरो’ मा जसिता र भुवनबीच बुधबार कागजी रुपमा सम्झौता भएको छ । त्यस्तै, उक्त फिल्ममा नायक भुवन केसीको पनि अभिनय रहेको र उनी नकारात्मक भूमिकामा देखिने बताइएको छ ।

फिल्मका लागि लिड अभिनेता र अभिनेत्रीको टुंगो लागे पनि निर्देशक भने फाइनल भएका छैनन् । प्राप्त जानकारी अनुसार, फिल्मलाई एक भारतीय निर्देशकले निर्देशन गर्नेछन् । केहि दिनमा निर्देशकसँग पनि कागजी सम्झौता गर्ने भन्दै ‘एन्टी हिरो’ को छायांकन बैशाख १ गतेबाट सुरु हुने निर्माता भुवन केसीले बताएका छन् ।

वि.सं.२०७६ माघ ९ बिहीवार १२:११ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...