back
CTIZAN AD

बेंगाजी आक्रमणका आरोपीलाई १९ वर्षको जेल सजाय

वि.सं.२०७६ माघ १० शुक्रवार

789 

shares

१० माघ, वासिङ्टन । सन् २०१२ मा लिबियाको बेंगाजीस्थित अमेरिकी नियोगमा आक्रमण गरेको आरोपमा पक्राउ परेका एक ४७ वर्षीय लिबियालीलाई अमेरिकामा १९ वर्षको जेल सजाय दिइएको छ ।

अमेरिकी विशेष फौजले ४७ वर्षीय मुस्तफा अल–इमामलाई लिबियाबाट पक्राउ गरी अमेरिकामा मुद्दा चलाएको थियो । मुस्तफामाथि आतंकवाद र अन्य अपराधमा दोषी ठहर गरिएको थियो । अमेरिकी जिल्ला न्यायालयले मुस्तफालाई १९ वर्ष ६ महिनाको जेल सजाय तोकेको छ ।

लिबियाको बेंगाजीस्थित अमेरिकी नियोग र सिआइएको परिसरमा सेप्टेम्बर ११, २०१२ मा भएको आक्रमणमा अमेरिकी राजदूत क्रिस स्टिभेन्स र अरु तीन जना अमेरिकी मारिएका थिए ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अमेरिकी नागरिकमाथि जघन्य अपराधमा संलग्न जोकोहीमाथि कडा सजाय गर्न अमेरिका प्रतिबद्ध रहेको प्रतिक्रिया दिए ।

इमामलाई अमेरिकी विशेष फौजले अक्टोबर २०१७ मा लिबियामा गिरफ्तार गरी अमेरिका ल्याएको थियो । बेंगाजी आक्रमणका अर्का दोषी अहमद अबु खट्टालालाई पनि अमेरिकामा मुद्दा चलाई २२ वर्षको जेल सजायमा थुनिएको छ ।

राजदूत स्टिभेन्सको मृत्युले अमेरिकी राजनीतिमै निकै ठूलो तरङ्ग ल्याएको थियो । तत्कालीन अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनमाथि लिबिया मामिलामा पर्याप्त सावधानी अपनाउन नसकेको भन्दै तीव्र आलोचना भएको थियो । तर उनले आफूले कुनै गलत कार्य नगरेको दाबी गर्दै आएका छन् ।

वि.सं.२०७६ माघ १० शुक्रवार १३:२९ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...