back
CTIZAN AD

टुरिष्ट बस एशोसिएशनको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा शर्मा

वि.सं.२०७६ माघ ११ शनिवार

825 

shares

११ माघ, काठमाण्डौं । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को अध्यक्षमा ईश्वर शर्मा निर्वाचित भएका छन् । एशोसिएशनको शुक्रबार साँझ सम्पन्न नवौँ साधारणसभाबाट शर्माको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वा्चित गरेको हो ।

एशोसिएशनको प्रथम उपाध्यक्षमा ढकनाथ काफ्ले, द्धितीय उपाध्यक्षमा सुशील दाहाल, महासचिवमा दीपेन्द्र अधिकारी, कोषाध्यक्षमा सुजन आचार्य तथा सदस्यमा चिरञ्जीवी रेग्मी र अशोक अर्याल निर्वाचित भएका छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले नेपाल भ्रमण वर्ष-२०२० लाई सफल बनाउन सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए ।

प्रवक्ता तामाङले टुरिष्ट बसले आन्तरिक तथा बाह्य पर्यटकलाई दिने सेवालाई चुस्त, दुरुस्त बनाउन आग्रह समेत गरेका थिए । काठमाडौँ महानगरपालिका-१६ का अध्यक्ष मुकुन्द रिजालले पर्यटकीय क्षेत्रको सुधारका लागि स्थानीय सरकार पर्यटन व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताए ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले पर्यटकीय बसले गुणस्तरीय यातायात सेवा दिन खेलेको भूमिका सराहनीय भएको बताउँदै पर्यटकीय बसपार्क निर्माणमा बोर्डको सहयोग रहने उनको भनाई थियो ।

वि.सं.२०७६ माघ ११ शनिवार ०८:२६ मा प्रकाशित

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

झापामा सवारी दुर्घटनामा दुई महिलाको मृत्यु, पाँच घाइते

भद्रपुर (झापा) । झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...