११ माघ, काठमाण्डौं । कोरोना भाइरसले यतिबेला विश्वभरी त्रास फैलाएको छ ।
कोरोना भाइरस पहिलोपट चीनको उहान स्थित स्वायानान सी फुड मार्केटमा देखिएको हो । त्यहिको मार्केटमा पहिलोपटक ७१ वर्षीय चिनिया नागरिकमा यो भाइरस देखिएको हो ।
यो भाइरस संक्रमणका कारण चीनमा २६ जनाको मृत्यु भइसकेको छ भने ८ हजार मानिस उच्च निगरानीमा रहेको यो भाइरस संक्रमणका कारण चीनमा २६ जनाको मृत्यु भइसकेको छ भने ८ हजार मानिस उच्च निगरानीमा रहेको चीनको छाङसा युनिभर्सिटी मेडिकल कलेजका अन्तराष्ट्रिय कोर्डिनेटर तथा सल्लाहकार नेपाली चिकित्सक डा रमेश आचार्यले शनिबारको राजनधानी दैनिकलाई बताएका छन् ।
उनले अहिलेसम्म नेपाली सकुशल रहेको बताउँदै कुनै पनि नेपालीलाई विश्वविद्यालयको अनुमति विना बाहिर जान रोक लगाइएको बताएका छन् । चिकित्सक आचार्यका अनुसार उक्त प्रान्तमा सय बढी नेपाली छन् ।

यहाँबाट सबै उडान बन्द गरिएको तथा लामो तथा छोटो दूरीका सवारी साधन अनिश्चितकालिन बन्द गरिएका छन् ।
आपतकालिन उद्धारका लागि एक किलोमीटरको दूरीमा एम्बुलेन्स र मेडिकल तयारी अवस्थामा राखिएको छ ।
उनका अनुसार १ सय ९६ नागरिकको जतिखेर पनि मृत्यु हुन सक्ने भन्दै उपचार प्रक्रिया थालिएको छ भने यस्तै १ हजार ९ सय जना उपचाररत छन् । उहानका ८ हजार बढी स्थानीय नागरिक उच्च निगरानीमा छन् ।
नेपालमा पनि भित्रियो कोरोना भाइरस, विशेष शर्तकता अपनाउन आग्रह
वि.सं.२०७६ माघ ११ शनिवार ०८:०३ मा प्रकाशित



























