११ माघ, काठमाण्डौ । चीन, जापान, कोरिया, थाइल्याण्ड, भियतनाम, मकाउ, अमेरिका लगायतका केही देशमा देखिएको कोरोना भाइरस नेपालमा पनि आएको पृष्टि भएको छ ।
चीनको हुवान प्रान्तबाट नेपाल आएका एक युवकमा कोरोना भाइरस संक्रमण भएको पृष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले नेपालमा जाँच गरेपछि थप पृष्टिका लागि हङकङमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कार्यालय कोलाबोरेटिङमा सेन्टरमा पठाइएको बताउँदै उक्त सेन्टरको रिर्पोटमा ती युवामा कोरोनाको संक्रमण भएको पृष्टि भएको हो ।
श्रेष्ठले अन्तराष्ट्रिय नियमावली अनुसार भाइरस संक्रमित भएको रिर्पोटसहितको विवरण २४ घण्टाभित्र डब्लुएचओमा सरकारले पठाउने गरेको जानकारी समेत पत्रकार सम्मेलनमा दिए ।
ती युवालाई केही दिन अघि उपचारपछि डिस्चार्ज गरिएको थियो । मन्त्रालयले ती युवकका परिवार नियमित रुपमा अस्पतालको सम्पर्कमा रहेको समेत बताइएको छ । साथै मन्त्रालयले सर्वसाधरणमा सर्तकता अपनाउन समेत अनुरोध गरेको छ ।
के हुन्छ त संक्रमणका लक्षण ?
१०४ डिग्री भन्दा बढी ज्वरो आउने ।
रुघाखोकी लाग्ने
स्वास प्रश्वासमा बढी समस्या देखिने ।
के गर्ने त यसबाट बच्न ?
मासु र अन्डा जन्यु वस्तु राम्रोसँग पकाएर खाने ।
पशुपंक्षिको असुरक्षित सम्पर्कबाट बच्ने
नियमित रुपमा साबुन पानीले हात धुने ।
खोक्दा हाछ्यु गर्दा मुख छोप्ने या रुमालले नाक मुख छोप्ने ।
बढी भिडभाडमा नजाने ।
वि.सं.२०७६ माघ ११ शनिवार ०७:३६ मा प्रकाशित






























