back
CTIZAN AD

छानबिनपछि गृहयुद्धमा वेपत्ता नागरिकलाई प्रमाणपत्र दिइने- श्रीलङ्का

वि.सं.२०७६ माघ १२ आइतवार

957 

shares

१२ माघ, कोलम्बो ।  मुलुकको गृहयुद्धमा जीवन गुमाएका हजारौं व्यक्तिको मृत्यु प्रमाणपत्र प्रमाणिकरणपछि मात्र दिइने राष्ट्रपति गोताबाय राजापाक्षले बताएका छन् । उनले यसै हप्ता युद्धमा वेपत्ता सबै जनाको मृत्यु भएको बताएका थिए ।

राष्ट्रपति गोताबाया राजपाक्षेले उक्त विज्ञप्तिमार्फत् हराएकाहरू वास्तवमा युद्धमा मारिएका बताएका थिए । तर यसले पिडित परिवार र आफन्तलाई सरकारले वेपत्ता प्रियजनलाई के भयो भनेर सम्बोधन नगरी मुद्दा बन्द गर्न लागेको भनी चिन्तित बनाएका समाचारपछि राजपाक्षेको यो भनाइ आएको हो ।

“आवश्यक अनुसन्धान गरिसकेपछि राज्यले मृत्यु प्रमाण पत्र जारी गर्नेछ र परिवारलाई उनीहरूको भविष्यलाई यथासम्भव सहज बनाउन आवश्यक सहयोग पु¥याउने कदम चाल्नेछ,” राजापाक्षेको कार्यालयले जनाएको छ ।

श्रीलङ्कामा लामो पृथकतावादी युद्धमा हजारौं मानिस हराएको सम्भावनालाई श्रीलङ्काको राष्ट्रपतिस्तरबाट पहिलो पटक स्वीकारिएको हो । सन् २००९ मा युद्ध अन्त्य भएको घोषणा गरिएको थियो तर युद्धमा कति मारिएका थिए र कति वेपत्ता थिए भन्नेबारे राष्ट्रपतिद्वारा यसअघि उल्लेख गरिएको थिएन तर शुक्रबार सार्वजनिक तथ्याङ्कमा हराएका भनी राज्यमा दर्ता गरिएका व्यक्तिको सङ्ख्या २३ हजार ५०० देखाइएको छ । तिमध्ये पाँच हजार सुरक्षाकर्मी रहेका थिए ।

राष्ट्रपति राजापाक्ष र श्रीलङ्काका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगरबीचको छलफलपछि राष्ट्रपतिको कार्यालयले वेपत्ताको सूचिमा रहेका अधिकांश नागरिक लिबरेशन टाइगर्स अफ तमिल इलम (एलटीटीई) ले भर्ती गरेका लडाकू रहेको उल्लेख गरिएको छ

वि.सं.२०७६ माघ १२ आइतवार ०८:३७ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...