back
CTIZAN AD

सभामुख चयन आज, सर्वोच्चले बोलायो एकमात्र उमेद्वारलाई

वि.सं.२०७६ माघ १२ आइतवार

795 

shares

१२ माघ, काठमाण्डौं । प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि आइतबार बैठक बस्दै छ ।

दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले सभामुख चयन गर्ने कार्ययोजना छ ।

सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र उम्मेदवारी परेकाले उनी सभामुख बन्ने निश्चित जस्तै छ । तर सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर भएकोले केहि अन्योलता थपिएको छ ।

सर्वोच्च अदालतले सभामुख बन्न लागेका सापकोटासहित नेपाल सरकारलाई पत्र काटेको छ ।

सापकोटाविरुद्ध रिट दायर गरिएको मुद्धामा नेपाल सरकारसहित मन्त्री परिषद्लाई विपक्षी बनाइएको छ । अदालतले पेशी तारिखमा आजै १० बजे हाजिर हुन भनेको छ । अधिवक्ता त्रिपाठीले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, काभ्रे प्रहरी र सिन्धुपाल्चोक प्रहरीलाई विपक्षी बनाएका छन् ।

यता सापकोटालाई सभामुख बनाउन लागिएको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीका मुख्य सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका थिए ।

यदि सर्वोच्चबाट कुनै आदेश नआएमा आज सापकोटा सभामुख बन्नेछन् । आइतबारको बैठकमा प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारीको प्रस्ताव पेस गर्ने र प्रस्तावमा समर्थकहरु नेकपाका देव गुरुङ्ग र ओनसरी घर्ती तथा राजपाका लक्ष्मणलाल कर्णले समर्थन गर्नेछन् ।

यौन दुर्व्यवहारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि सत्तारुढ नेकपाले उम्मेदवार चयन गर्न नसक्दा हिउँदे अधिवेशन सुरु भएको झण्डै डेढ महिनासम्म पनि प्रतिनिधि सभाले सभामुख पाउन सकेको छैन ।

यस कारण हुँदैछ अग्नीविरुद्ध घेराबन्दी, बालुवाटारको इशारामा शितल निवासको चाल !

वि.सं.२०७६ माघ १२ आइतवार १०:१७ मा प्रकाशित

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...