back
CTIZAN AD

शहीदको शालिक दश वर्षपछि अनावरण हुँदै

वि.सं.२०७६ माघ १२ आइतवार

747 

shares

१२ माघ, तनहुँ । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङस्थित शहीद स्मारक उद्यानमा छोपि राखिएको शालिक बल्ल अनावरण हुने भएको छ । विसं २०६६ मा निर्माण सम्पन्न गरेर राखिएको शालिक दश वर्षपछि यही माघ १६ गते शहीद दिवसको दिन अनावरण गर्न लागिएको हो ।

विसं २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा पुलिमराङका धर्मध्वज गुरुङले तत्कालीन सदरमुकाम बन्दीपुर कब्जा गर्ने क्रममा विसं २०१८ मा समशेर गुरुङले चितवनको भरतपुरमा, भरत गुरुङले सोही ठाउँमा र लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले कोत्रेमा सहादत प्राप्त गरेपछि उनको स्मृतिमा विसं २०६३ मा शहीद स्मारक निर्माण गरी विसं २०६६ मा शालिक राखिएको थियो ।

शहीद स्मारकमा शहीदको अर्धकदको शालिक दश वर्षदेखि ढाकिएको अवस्थामा छ । तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेको शहीदको शालिक राखिएको स्मारकस्थलको भवन जीर्ण भएका कारण शालिक अनावरण हुनसकेको थिएन । शहीद उद्यानको भवन रेट्रोफिट गरी बलियो बनाइएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
“शहीद उद्यानको संरचना कमजोर भएकाले शहीदको शालिक अनावरण गर्न सकेका थिएनौं”, उनले भने, “हाल शहीद उद्यानलाई व्यवस्थित बनाएका छौँ, शहीद दिवसको दिन पारेर शालिक अनावरण गर्ने कार्यक्रम तय भइसकेको छ ।”
शहीद उद्यान व्यवस्थित गर्नका लागि नगरपालिकाले गत आर्थिक वर्ष रु २२ लाख बजेट विनियोजन गरेको थियो । उद्यानमा कम्पाउण्ड, शौचालय निर्माणलगायतका काम भएको छ ।

“शहीदको शालिक ढाकिएको अवस्थामा राखिरहनु सुहाउँदो विषय थिएन, त्यसैले बजेट विनियोजन गरेर शहीद उद्यानलाई व्यवस्थापन गरेका हाँै । ” नगरप्रमुख न्यौपाने भने । उद्यानका लागि चालू आवमा रु २५ लाख विनियोजन गरिएको छ । रु सात लाखले उद्यानको थप विकासका लागि गुरुयोजना बनाइएको छ । गुरुयोजनाअनुसार उद्यानलाई विकास गर्न रु सात करोड बजेट प्रस्ताव गरिएको छ । बाँकी रु १८ लाख बजेटले उद्यानमा थप निर्माणका काम गरिने नगरपालिकाले जनाएको छ ।

विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुलिमराङ भ्रमणको क्रममा शहीद स्मारक र उद्यान बनाउन निर्देशनदिएका थिए  ।

यसपछि शहीद स्मारक निर्माण समिति गठन गरिकाम अगाडि बढाइएको स्मारक निर्माण समितिका अध्यक्ष एकबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार तत्कालीन समयमा उद्यान र स्मारक निर्माण गर्न जग्गा खोज्ने क्रममा केही अलमल भएपछि विसं २०६३ मा मात्र स्मारक निर्माण शुरु गरिएको थियो ।रासस

वि.सं.२०७६ माघ १२ आइतवार १०:२० मा प्रकाशित

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...