back
CTIZAN AD

ग्यास सिलिन्डर विस्फोट हुँदा १२ को मृत्यु

वि.सं.२०७६ माघ १५ बुधवार

975 

shares

१५ माघ, लाहोर ।  पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।

“लाहोरको शाहदरा क्षेत्रमा रहेको अत्तर (परफ्युम) कारखानामा विष्फोट भएको छ,” पाकिस्तानी समाचार संस्था डनले उद्धारकर्मीलाई उद्धृत गरी लेखेको छ ।

डनले घटनामा ११ जनाको मृत्यु भएको र दुई जना घाइते भएको जनाएको छ । तर स्थानीय प्रहरी स्रोतले घटनामा १२ जनाको मृत्युभएको बताएको छ । विस्फोटका समय कारखानामा जम्मा १५ जना रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कारखानामा ग्यास विस्फोटपछि घरको छाना खस्दा धेरै जनाको मृत्यु हुनपुगेको एक प्रत्यक्षदर्शीले बताए । घटनास्थलमा आगो नियन्त्रणमा आइसकेको छ भने घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

वि.सं.२०७६ माघ १५ बुधवार ०८:५७ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...