back
CTIZAN AD

बुर्किन नरसंहार, ३९ मारिए

वि.सं.२०७६ माघ १५ बुधवार

933 

shares

१५ माघ । बुर्किन फासोको उत्तरी क्षेत्रमा भएको नरसंहारका क्रममा ३९ जना मारिएका छन् ।

जिहादीहरुले एउटा गाँउमा गरेको आक्रमणमा परी उनीहरु मारिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । घटनास्थलबाट अनौपचारिक रुपमा प्राप्त जानकारी अनुसार घटनामा परी ५० भन्दा बढीको मृत्यु भएको छ ।

“सरकारी सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा कारवाही अभियान चलाएका छन्, उनीहरुले नै ३९ जनाको मृत्यु भएको पुष्टि गरेका छन्, विद्रोहीले अत्यन्त दर्दनाक आक्रमण गरेका थिए,” सरकारका प्रवक्ता रेमिस फुल्गान्स डान्डजीनौद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

देशको उत्तरी सौम प्रान्तमा गत शनिबार घटना भएको बताइएको छ । घटनास्थल छिमेकीमुलुक मालीसँगको सीमा क्षेत्रमा पर्दछ । आक्रमणकारीहरुले गाउँका पुरुषहरुलाई छोपीछोपी हत्या गरेको र महिलाहरुलाई गाउँ छाड्न आदेश दिएको स्थानीयवासीले बताएका छन् । उनीहरुले ५० भन्दा बढी मारिएको बताएका छन् ।

घटना हुने वित्तिकै सुरक्षाकर्मीहरु गाउँमा पस्न पनि सकेका थिएनन् । आक्रमणकारीहरुको अवरोधका कारण उनीहरु पुग्न नसकेको बताइएको छ । जिहादीहरुका कारण बुर्किन फासोमा अहिलेसम्म ८०० भन्दा बढी नागरिकको हत्या भएको छ भने ६ लाख भन्दा बढी विस्थापित भएका छन् । फुर्किन फासोमा सन् २०१५ देखि जिहादीहरुले हिंसा शुरु गरेका हुन् ।(एजेन्सीं)

वि.सं.२०७६ माघ १५ बुधवार २१:४१ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...