काठमाडौँ । लस एन्जलसमा आयोजना भएको ६२ औँ ग्रामी पुरस्कार समारोहमा नायिका प्रियंका चोपडाले लगाएको पहिरनको यतिबेला सामाजिक सञ्जालमा धेरै ट्रोलहरु बनिरहेका छन ।
उनले उक्त समारोहमा डिजाइनर राल्फ रसोको गहिरो नेकलाइन गाउनमा सजिएर पुगेकी थिइन् जसमा उनी एकदमै बोल्ड देखिएकी थिइन् । त्यसकारण उनी ट्रोलको सिकार बन्न पुगेकी हुन् ।
उनले लगाएको उक्त पहिरनको ट्रोल भइरहँदा हालै बलिउडमा भएको एक कार्यक्रममा उनकी आमा मधु पुग्दा मिडियाले प्रियंकाको ट्रोलिङमाथि प्रश्न गर्दा उनले यस्तो जवाफ दिएकी छन् ।

‘यस्तो ट्रोलहरु आएको देख्दा मलाई खुसी लागेको छ र यसले प्रियंकालाई थप बलियो बनाएको छ । उनी शर्तमा जीवन बाँच्छिन् उनले कसैलाई पनि हानी पुर्याएकी छैनन् । यो उनको शरीर हो, मन लागेको गरोस्,’ मधुले भनिन् ‘ट्रोलर्सहरुको जीवनमा कुनै खुसी छैन । यस्तो भनेर उनीहरुले अरुको ध्यान आफूतर्फ केन्द्रीत गर्न खोजिरहेका छन् र यस्ता मानिसहरुलाई ध्यान दिन म आवश्यक ठान्दिनँ । जब प्रियंकाले उक्त पहिरन लगाउने भएकी थिइन् तब मलाई फोटो पठाएकी थिइन् । उक्त पहिरन मलाई थोरै चुनौतीपूर्ण लागेको थियो तर उनले निकै राम्रोसँग सम्हालिन् यसमा म खुशी छु ।’
वि.सं.२०७६ माघ १९ आइतवार १४:४१ मा प्रकाशित






























