back
CTIZAN AD

उत्तरी अफगानिस्तानमा भिडन्त, सात जनाको मृत्यु

वि.सं.२०७६ माघ १९ आइतवार

627 

shares

१९ माघ, कुन्दुज ।  अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको अलि अबाद जिल्लामा आइतबार भएको गोली हानाहानमा तीन जना प्रहरी सहित सात जनाको मृत्यु भएको छ ।

जिल्लाका गभर्नर अमानुदिन कुरैसीले मारिएका व्यक्तिमध्ये चार जना विद्रोही लडाकूहरु रहेको जानकारी दिए । उनले आइतबार स्थानीय समय अनुसार बिहान ३ बजे तालिबान लडाकू समूहले किसाटोपाक क्षेत्रको सुरक्षा जाँच चौकीमा आक्रमण गरेको बताए ।

भिडन्तका क्रममा तीन जना प्रहरीको मृत्यु भएको र अरु चार जना सख्त घाइते भएको गभर्नर कुरैसीले बताए । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।

बाघलानमा सात लडाकू मारिए
उत्तरी बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा तालिबान विरुद्ध सरकारी फौजले गरेको हवाई आक्रमणमा सात जना लडाकू मारिएको सेनाले जनाएको छ ।

सैनिक विज्ञप्तिमा बाघलान जिल्लाको मघाल गाउँमा शनिबार अबेर राति हवाई कारबाही गरिएको र त्यसमा अरु आठ जना लडाकू घाइते भएको उल्लेख छ ।

वि.सं.२०७६ माघ १९ आइतवार १४:५८ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...