back
CTIZAN AD

एमसीसी कार्यदलको पहिलो बैठक सम्पन्न, भयो यस्तो सहमति

वि.सं.२०७६ माघ २० सोमवार

1.2K 

shares

२० माघ, काठमाडौं । एमसीसीसम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ । नेकपाले आइतबार मात्र पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्व भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहनेगरी एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो ।

कार्यदलको घोषणा भएको भोलिपल्टै सोमबार पहिलो बैठक बसेको हो। बैठकमा संयोजक खनालसहित दुई सदस्य उपस्थित थिए । बैठकमा एमसीसी सम्झौतासम्बन्धी के-कस्ता सन्दर्भ सामाग्रीहरु अध्ययन गर्ने भन्नेबारेमा छलफल भएको स्रोतको दाबी छ । बिना पूर्वाग्रह विषयबस्तुको गहन अध्ययनपछि मात्र साझा सुझाव बनाउने भन्नेमा तीनै नेता सहमत भएका छन् ।

खनाल नेतृत्वको समितिलाई १० दिनभित्र अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सम्बन्धी पार्टीलाई प्रतिवेदन बुझाउन भनिएको छ ।

एमसीसीको आलोचना गर्दै आएका खनाल रावल सहभागी कार्यदलले कस्तो सुझाव देला भन्ने जिज्ञासा यतिबेला सर्वत्र रहेको पाइन्छ ।

वि.सं.२०७६ माघ २० सोमवार १५:१४ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...