back
CTIZAN AD

हेर्नुहोस् यसरी मनाउन सुरु गरियो ‘भ्यालेन्टाइन डे’

वि.सं.२०७६ माघ २४ शुक्रवार

1.1K 

shares

काठमाडौँ । प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’ हरेक वर्षको १४ फेब्रुअरी मा विश्वभरी नै उत्साहको साथ मनाइने गरिन्छ ।

फेब्रुअरी महिनालाई प्रेमको महिना मानिन्छ । प्रेम दिवस आउनु भन्दा एक हप्ता अगाडी बाट नै प्रेम उत्सव सुरु हुन्छ । र, १४ फेब्रुअरी यानीकी ‘प्रेम दिवस’ युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । लामो समय देखि आफूले मन पराएको व्यक्तिलाई मायाको प्रस्ताव राख्न प्राय मान्छेहरु प्रेम दिवसलाई पर्खने गर्छन र त्यहि दिनको मौका पारेर प्रेम प्रस्ताव राख्ने गर्छन ।

यस दिवसलाई उत्साहका साथ मनाएपनि धेरैलाई थाहा नहुन सक्छ यो दिन किन र कसरी मनाउन सुरु गरियो भनेर यसको यथार्थ काहानी यस्तो छ । “तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ को इतिहास लाई फर्कर हेर्दा पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे ।

उनले सम्राटको उर्दीको विपरित लुकिछिपी जोडीहरूलाई बिहे गराइदिन थाले । एक कान, दुई कान हुँदै यो कुरा सम्राटको कानसम्मपुग्यो । भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । जेलरकी छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन् । झुण्ड्याइनु अघि उनले “Love from your Valentine” भनि हस्ताक्षर गरी एउटा नोट ती महिलालाई दिए । भ्यालेन्टाइनलाई ई. पू. २७० को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइयो । विश्वास गरिन्छ कि उनले ती महिलालाई प्रेमका बारेमा दिएको लिखतबाट भ्यालेन्टाइन्स डेका दिन आफ्नो सन्देश लेखेर दिने चलन चलेको हो । उनलाई मृत्युदण्ड दिएको दिनमा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो ।”

प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । यसलाई अनेक प्रतीक र बिम्बमा अभिव्यक्त गरिन्छन र गरिएका छन् । धेरै पहिलेदेखि रातो गुलाफलाई प्रेमको प्रतीक मानिन्छ । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै प्रयोग हुने वस्तु गुलाफको फूल नै हो । त्यसैले सम्पूर्ण युवायुवतीले रातो गुलाफ आदानप्रदान गरेर एक आपसमा प्रेम पकट गर्ने गर्दछन् ।

माया गर्ने हरेक मनहरुलाई प्रेम दिवसको शुभकामना । यो प्रेमसप्ताहको हरेक दिन स्मरणिय बनोस् । प्रेमिल महिना फेब्रअरी मायाले भरियोस् । सम्पूर्णमा प्रेम दिवसको शुभकामना ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १२:२० मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...