back
CTIZAN AD

विवाह नभई छोरी जन्माइन् अभिनेत्री कल्कीले

वि.सं.२०७६ माघ २७ सोमवार

993 

shares

काठमाडौँ – बलिउडकी अभिनेत्री कल्की कोचलिनले विवाह नगरी छोरी जन्माएकी छन् । उनले आमा बनेपछि आफैँ जानकारी दिएकी हुन् ।

कल्कीले ‘साप्फोको स्वागत गर्नुहोस्’ लेख्दै सामाजिक सन्जाल इन्स्टाग्राम मार्फत छोरीको पाईलाको निलो डामको तस्बिर सार्वजनिक गरेकी छन् ।

उनले विवाह बिना बच्चा जन्माउदा शारीरिक र मानसिक समस्या भोग्नु परेको बताएकी छिन् । साथै उनले नौ महिनासम्म आफ्नो पेटमा रहेकी छोरीले अब आफ्नो स्पेस बनाउने विश्वास लिएकी छिन् ।

उनी प्रेमी हर्शबर्गसँग बस्दै आएकी छिन् । तर, यी दुईले विवाह गरेका छैनन् । उनी भन्छिन्, ‘हाम्रो विवाह गर्ने समय भएको छैन । तर, कुनै दिन अवश्य विवाह गर्नेछौँ ।’

कल्कीले निर्देशक अनुराग कश्यपसँग सन् २०११ मा विवाह गरेकी थिइन् । तर उनीहरुको बैवाहिक जीवन धेरै समय टिक्न सकेन् । उनीहरुले सन् २०१५ मै कानुनी रुपमा सम्बन्ध टुंगाएका थिए ।

वि.सं.२०७६ माघ २७ सोमवार १५:२२ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...