२८ माघ, नाइजेरिया । नाइजेरियाको अतिवादी जियादी समूह ‘बोको हराम’ को आक्रमणमा परी नाइजेरियामा कम्तीमा ३० नागरिक मारिएका छन् ।
देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने बोर्नो राज्यमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको राज्य सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।“ती लडाकूले झण्डै तीस जनाको हत्या गरेका छन्,” प्रवक्ता अहमद अब्दुर्राहमन बुन्डीले बताए । आक्रमण आइतबार बेलुका भएको बताइएको छ ।
मृत्यु हुनेमा माहिला र बालबालिका पनि रहेका छन् भने अन्य केही स्थानीय बासिन्दा घाइते पनि भएका छन् । राज्यको राजधानी मैडुगुरीदेखि २४ किलोमिटर टाढा रहेको ठाउँमा घटना भएको हो । स्थानीय समय अनुसार आइतबार बेलुका १० बजेदेखि आक्रमण सुरु भएको थियो । आक्रमणकारीहरुले बाटोबन्द गरेर आक्रमण सुरु गरेका थिए ।
वि.सं.२०७६ माघ २८ मंगलवार ०९:२५ मा प्रकाशित






























