back
CTIZAN AD

चालीस लाख सामुदायिक कार्यकर्ता कोरोना विरुद्ध अग्रपङ्क्तिमा परिचालित

वि.सं.२०७६ माघ २८ मंगलवार

696 

shares

२८ माघ, बेइजिङ । कोरोना भाइरसका नियन्त्रणका लागि चालीस हजार सामुदायिक कार्यकर्तालाई अग्रपङ्क्तिमा परिचालन गरिएको छ । चीनका विभिन्न प्रदेशमा रहेका ६ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक मामिला अधिकारीहरुले सोमबार जानकारी दिएका हुन् ।

नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समूदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् । पत्रकार सम्मेलनमा उनले रहेक सामुदायिक कार्यकर्ताले औसतमा ३५० स्थानीय बासिन्दालाई हेर्ने गरेको पनि जानकारी दिए ।

उनीहरुलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा लाग्नुपर्ने मुख्य जिम्मेवारी दिइएको छ । चेनका अनुसार उनीहरुले धेरै कडा मेहनेत गरेर काम गरिरहेका छन् । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट ९०८ व्यक्तिको मृत्यु भएको छ भने ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित छन् । भाइरसको सुरुआत भएको प्रमुख स्थानको रूपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट दुई हजार ६१८ जना सङ्क्रमित भएका अधिकारीहरुले जनाएका छन् । आइतबार एकै दिनमा ९१ व्यक्तिको मृत्यु भएको उनीहरुको भनाई छ ।

हुबेई प्रान्तका दुई हजार ६१८ जना सङ्क्रमितहरूमा एक हजार ९२१ जना हुबेइ प्रान्तको प्रान्तीय राजधानी अर्थात कोरोना भाइरसबाट अत्यन्त प्रभावित स्थान उहानमा मात्र रहेका छन् । आइतबार एकै दिनमा ज्यान गुमाउनेमा पनि ७३ जना उहानका नै रहेका जनाइएको छ ।

हुबेई प्रान्तमा आइतबार मात्र २९ हजार ६३१ जनामा कोरोना भाइरस सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । हुबेई प्रान्तको प्रान्तीय राजधानी वुहानबाट शुरु भएको यस भाइरसका कारण सो प्रान्तमा मात्र ८७१ व्यक्तिको मृत्यु भएको जनाइएको छ । सङ्क्रमित रहेका २९ हजार ६३१ जनामा ५ हजार ५०५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ । विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

विभागले ३४५ जनाको रगतको नमूना परीक्षण गर्दा ३२६ जनामा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको बताएको छ । विज्ञप्तिमा चीनबाट फर्किएका व्यक्तिहरूलाई १८ दिनसम्म घरबाहिर हिँड्डुल नगर्न सल्लाह दिइएको र त्यसपछि नजिकको स्वास्थ्य केन्द्रमा जचाउन भनिएको उल्लेख छ ।

वि.सं.२०७६ माघ २८ मंगलवार ०९:१७ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...