२८ माघ, मलेसिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मलेसियास्थित प्रवासी नेपाली एकता मञ्चको टुंगो लगाएको छ ।
नेकपा प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले मलेशियामा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी रमेशप्रसाद तिवारीको अध्यक्षतामा प्रबासी नेपाली एकता मञ्च मलेशिया गठन गर्ने निर्णय गरेको हो ।
जसको सचिवमा दयाराम कुमाल तथा सदस्यहरुमा प्रेम पाण्डे, दावा तामांग घिसिंग, कमल शाही, मानवीर पुजारा, शुवकुमार घर्ती मगर, तेजबहादुर कार्की, ज्ञान ध्वज गोले, दीप लिम्बू, ललित प्रसाद भट्टराई, सुगम मगर, सागर पहाडी, पेम्बा शेर्पा, प्रेम मगर, रविन कार्की, इन्द्र प्रसाद खनाल, मनोज चापागाईं, विनोद पाण्डे, आनन्द सिंह रावत, सन्दीप संग्रौला, चक्र बहादुर तामांग, सुविन्द्र राई, बेद कुमार खतिवडा, जीवन कुमार देवान, शेर बहादुर गुरुंग, राजेन्द्र प्रकाश भण्डारी, सीताराम बस्नेत,श्रवण कुमार लुंगेली मगर, तोकेन्द्र लिम्बु, योगराज दंगाल, फणिन्द्र थापा, चित्र थापा, रेशम खत्री र अविनाश वाइवा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबास समन्वय कमिटीको बैठक कमिटीका अध्यक्ष युवराज चौंलागाईंको अध्यक्षता र पार्टी महासचिव विष्णु पौडेलको बिशेष उपस्थितिमा हालै सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ ।
यसअघि प्रवास समन्वय कमिटीका सह-ईन्चार्ज लक्ष्मण पन्तलाइ (दक्षिण पूर्वी तथा पूर्वी एशिया), अध्यक्ष युवराज चौलागाइलाई (ओसिनिया) सचिव श्रीप्रसाद साह (पश्चिम एशिया) र सदस्य तिलबहादुर वि.क लाइ (दक्षिण एशिया) को जिम्मेवारी तोकेको थियो । युरोप र अमेरीका भने समन्वय कमिटीका इन्चार्जलाइ जिम्मा दिइने बताइएको छ ।
नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?
वि.सं.२०७६ माघ २८ मंगलवार ०९:१५ मा प्रकाशित






























