back
CTIZAN AD

सुरु हुनथाल्यो जनसम्पर्क समिति अमेरिकामा निर्वाचनको चर्चा

वि.सं.२०७६ माघ २८ मंगलवार

867 

shares

२८ माघ । नेपाली जनसम्पर्क समिति अमेरिकाको निर्वाचन नजिकँदै छ । तर समिति भने विवादका कारण आफैमा बिरामीमा छ । विवादका कारण लामो समयदेखि अधिवेशन हुन सकेको छैन । बल्लतल्ल समितिले आगामी अप्रिल २०२० मा अधिवेशन गर्ने निर्णय गरेको छ । निर्वाचनको मिति तय भएसँगै निर्वाचनका आकांक्षीहरुको चर्चा पनि सुरु भएको छ ।

सन् २०१४ को नोभेम्बर २२ र २३ तारेख अमेरिकाको टेक्सास राज्य स्थित डालस शहरमा सम्पन्न ‘एकताको दोश्रो अधिवेशन’ बाट निर्वाचित समितिलाई नै नेपाली कॉंग्रेस पार्टीले अधिवेशन तयारी समितिमा रुपान्तरण गरी छ महिना भित्र अधिवेशन सम्पन्न गर्नु गराउनु भन्ने निर्देशनात्मक परिपत्र गरेको थियो । तर विवादका कारण यतिका बर्ष बित्तिसक्दा पनि अधिवेशन सम्पन्न हुन सकेको छैन ।

अधिवेशन गर्नुपर्ने आवाज उठाउँदै आएको भएपनि बल्ल अधिवेशन गर्ने निर्णयसम्म गर्न सकिएको वरिष्ठ उपाध्यक्ष धनञ्जय नरसिंह के.सीले बताए । उनका अनुसार अब सबै मिलेर अधिवेशन सम्पन्न गर्नुको विकल्प छैन । समितिमा सदस्यता र अधिवेशन समय सिमाका कुरालाई विवादहरु आइरहेका छन् । नेपाली काँग्रेसको विधान अनुसार अमेरिकी नागरिकता भएकालाई सदस्यता दिन नमिल्ने व्यवस्था छ ।

आउँदो अधिवेशनमा सभापतिमा उम्मेदवारी दिने सोच बनाएका वरिष्ठ उपाध्यक्ष के.सी. ले झिना मसिना कुरा छाडेर सबै मिलेर जनसम्पर्क समिति अमेरिकाको अधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । अधिवेसन सम्पन्न हुन सक्यो भने जनसम्पर्क समितिमा देखिएको विवाद समाप्त हुने र समितिले क्रियाशिल भएर काम गर्न सक्ने उनले बताए ।

वि.सं.२०७६ माघ २८ मंगलवार ०९:३० मा प्रकाशित

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...