back
CTIZAN AD

यहि फागुनमा विवाह गर्दै आँचल शर्मा, यस दिन जुर्यो उनको विवाह लगन

वि.सं.२०७६ फागुन १ बिहीवार

846 

shares

काठमाडौँ । नेपाली सिने जगतकी अहिलेकी चल्तीकी अभिनेत्री आँचल शर्मा यहि फागुनमा विवाह गर्ने भएकी छन् ।

उनले आफ्ना प्रेमी डा.उदिप श्रेष्ठसँग फागुन महिनाको २९ गते विवाह गर्ने भएकी हुन् । एक वर्ष देखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी शर्माले चलचित्र ‘नाई नभन्नु ल ४’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन् । चलचित्र सँगै उनले धेरै म्युजिक भिडियो पनि खेलेकी छन् ।
एक विश्वसनिय स्रोतका अनुसार उनका परिवारले विवाहका लागि बुढानिलकण्ठमा रहेको होटल पार्क भेन्यु बुक गरेको छ । त्यस्तै, बौद्ध स्थित होटल हायतमा शर्मा र श्रेष्ठले आफ्नो रिसेप्सन पार्टी दिन लागेको बताइएको छ ।

नायिका शर्माको एक समय अभिनेता पल शाहसँग प्रेम सम्बन्धमा रहेको कुरा चर्चामा थियो । तर, यो कुरालाई नकार्दै आफूहरु मिल्ने साथीमात्र रहेको कुरा स्पष्टिकरण दिँदा दिँदै हैरान भएकी शर्माले अन्ततः प्रेमी उदिप श्रेष्ठसँग सम्बन्धमा रहेको कुरा सार्वजनिक गरेकी थिइन् । उनका प्रेमी पेशाले डाक्टर हुन् ।

वि.सं.२०७६ फागुन १ बिहीवार ११:१५ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...