back
CTIZAN AD

नयाँ संहितापछि पर्वत अदालतमा मुद्दाको चाप अत्यधिक

वि.सं.२०७६ फागुन १ बिहीवार

777 

shares

१ फागुन, पर्वत । गत वर्षदेखि नयाँ फौजदारी र देवानी संहिता लागू भएपछि पर्वत जिल्ला अदालतमा मुद्दाको चाप बढेको छ । गत वर्षबाट लगत सरेर आएका मुद्दाहरुको चापका कारण चालू वर्षका नयाँ मुद्दाको सङ्ख्या अत्यधिक बढेको अदालतले जनाएको छ ।

अदालतले चालू वर्षका छ महिना अर्थात् साउनदेखि पुस मसान्तसम्म भएका मुद्दाहरुको स्थिति, फछ्र्यौट र जरिवानाको बारेमा पत्रकारलाई बुधबार एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।

अदालतका तहसिलदार नन्दप्रसाद आचार्यका अनुसार चालू वर्षको छ महिनाको अवधिमा ४०६ विभिन्न प्रकृतिका मुद्दा आएका थिए । तीमध्ये २१३ मुद्दा फछ्र्यौट भई १९३ मुद्दा फैसला गर्न बाँकी रहेका छन् ।

अदालतमा दुनियाँवादी देवानी मुद्दा २६८ रहेकामा १२८ फछ्र्यौट भई १४० बाँकी रहेका छन् । दुनियाँवादी फौजदारीका ७७ मुद्दा आएकामा ४० फछ्र्यौट भएका छन् भने ३७ बाँकी रहेका छन् । सरकारवादी ५९ मुद्दा रहेकामा ४३ फछ्र्यौट भई १६ बाँकी रहेका छन् ।

अदालतमा पुनरावेदनसम्बन्धी एक र निषेधज्ञासम्बन्धी एक मुद्दा रहेकामा दुवै फछ्र्यौट भएका छन् । अदालतका अनुसार चालू वर्ष सम्बन्धविच्छेदका १३० मुद्दा दर्ता भए । तीमध्ये पुरुषले दिएको सम्बन्धविच्छेदका मुद्दा ६४ थिए भने महिलाले दिएका ६६ थिए । चौहत्तर मुद्दा फछ्र्यौट भएका छन् भने फछ्र्यौट गर्न बाँकी ५६ रहेका छन् । अदालतका न्यायाधीश सूर्यबहादुर थापाले अदालतमा अरु मुद्दाका तुलनामा धेरै रहेको बताए ।

सम्बन्धविच्छेदका मुद्दाहरु मेलमिलापमा टुङ्ग्याउन प्रयास गर्दै आएको थापाले बताए । न्यायाधीश थापाका अनुसार चालू वर्ष १३ जोडीको मेलमिलाप भएको छ । जिल्ला अदालतका स्रेस्तेदार जीवनकुमार पौडेलले चालू वर्ष ७८४ वर्ष पाँच महिना १२ दिन कैदको दायित्व रहेकामा ३० वर्ष सात महिना पाँच दिन फछ्र्यौट भई ७५३ वर्ष १० महिना सात दिन बाँकी रहेको जानकारी दिए ।रासस

वि.सं.२०७६ फागुन १ बिहीवार ११:२५ मा प्रकाशित

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...