back
CTIZAN AD

अब शिक्षकको परीक्षा दुई सय पूर्णाँकमा, पहिलो पत्रमा अनुत्तीर्णलाई दोस्रोमा रोक

वि.सं.२०७६ फागुन ३ शनिवार

723 

shares

३ फागुन, काठमाण्डौं । खुल्ला प्रतिश्पर्धाबाट सरकारी विद्यालयको शिक्षक बन्न चाहानेले दुई सय पूर्णाँकको परीक्षा दिनु पर्ने भएको छ । यस्ता विद्यालयका लागि शिक्षक सेवा आयोगले परीक्षाको पाठ्याक्रम संशोधन गरेको छ ।

यसअघि एक सय पूर्णाँकमात्रै रहेको पाठ्यक्रमलाई दुई सय पूर्णाँकमा बनाइएको हो । आयोगका अध्यक्ष ताना गौतमले नयाँ पाठ्याक्रमबाठ परीक्षा दिएर आउने शिक्षक विगत भन्दा धेरै प्रतिश्पर्धी हुने बताए ।

नयाँ व्यवस्थाले विषयगत रुपमा खारिएका व्यक्ति मात्र शिक्षक बन्ने आयोगको विश्वास रहेको शनिबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

नयाँ पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन हुँदा पहिलो पत्रमा सामान्य ज्ञान सम्बन्धी परीक्षा दिनु पर्दछ । यो परीक्षामा सामान्य ज्ञान, भूगोल, इतिहास, सामाजिक व्यवस्था, आर्थिक, वातावरण विज्ञान लगायतका विषयसँग सम्बन्धीत प्रश्न सोधिनेछ । यो सवै वस्तुगत बहुवैकल्पिक हुनेछन् ।

दोश्रो खण्डमा विषयगत प्रश्न सोधिनेछ । यो खण्डमा जुन विषयमा प्रतिश्पर्धा गर्न लागिएको हो त्यससँग सम्बन्धीत विषयमा मात्र प्रश्न सोधिने छ । यहाँ विश्लेषणात्मक प्रश्न मात्र सोधिने आयोगले जनाएको छ ।

आयोगले लामो समयको तयारी पछि नयाँ पाठ्य पुस्तक बनाएको हो । पहिलो खण्डको परीक्षामा सफल हुने उम्मेदेवारलाई मात्र दोश्रो परीक्षामा सामेल गराइने अयाोगले जनाएको छ ।

वि.सं.२०७६ फागुन ३ शनिवार ०७:३७ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...