back
CTIZAN AD

गाउँपालिका अध्यक्षमाथि भ्रूण हत्याको मुद्दा !

वि.सं.२०७६ फागुन ३ शनिवार

711 

shares

३ फागुन फिदिम । पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङ एकपछि अर्को घटनामा मुछिएका छन् । एक महिलालाई घर निकाला गरेको मुद्दाको किनारा नलाग्दै भ्रूणहत्या आरोपमा पीडित पक्षले अध्यक्ष चेम्जोङविरुद्ध उजुरी दिएको छ ।

‘अध्यक्षको दबाबमा भ्रुण हत्या’ शिर्षकमा समाचार प्रकाशित भएपछि अध्यक्षसहित सातजना विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको हो । चेम्जोङले नै गत जेठ १७ गते कुम्मायक गाउँपालिका ४ यासोक बजारकी विष्णुमाया सम्बाहाम्फेलाई घर निकाला गरेका थिए । भदैनी पर्ने गीतामाया सम्बाहाम्फेसँगको आर्थिक लेनदेन विवादलाई लिएर उनले विष्णु मायालाई घर निकाले गरेको समाचार शनिबारको अन्नपूर्णपोष्ट दैनिकमा रहेको छ ।

‘भदैनीसँगको आर्थिक लेनदेन मिलाइदिन गाउँपालिकालाई आग्रह गरेकी थिएँ,’ विष्णु माया भन्छिन्, ‘ हाम्रो विवाद मिलाइदिनुको साटो गाउँपालिकाका अध्यक्षले मलाई उल्टै घर निकाला गरिदिए । अन्यायमा परेपछि मैले जिल्ला अदालतमा मुद्दा हालेको हुँ ।’

त्यस्तै चेम्जोङविरुद्ध माघ २२ गते भ्रूण हत्या आरोपमा प्रहरीमा किटानी जाहेरी परेको छ । यासोक बजारकै १९ वर्षीया किशोरीलाई २१ साताको गर्भ फाल्न बाध्य पारेको आरोपमा सातजनाविरुद्ध उजुरी परेको हो ।

कुम्मायक ५ स्याकबरुम्बाका रमेश खड्कासँग अन्तरजातीय विवाह गरेकी दलित किशोरीलाई गर्भपतन गराउन चेम्जोङले दवावदिएको पीडितको भनाई छ । हाल चेम्जोङसहित चारजना फरार छन् । प्रहरीले अनुसन्धानका लागि तीनजनालाई नियन्त्रणमा लिएको छ ।

वि.सं.२०७६ फागुन ३ शनिवार ०७:५२ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...