back
CTIZAN AD

चीनको वुहानबाट १७५ जना नेपालीलाई ल्याइयो काठमाडौं

वि.सं.२०७६ फागुन ४ आइतवार

753 

shares

४ फागुन , काठमाडौँ । सरकारले चीनको हुबेई प्रान्तबाट १७५ नेपालीहरूलाई उद्धार गरेर नेपाल ल्याइएको छ ।
कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट आइतबार बिहान करिव साढे तीन बजेतिर काठमाडौं ल्याइपुर्याइएको हो ।

उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार तथा २र२ जना पर्यटक तथा बालबालिका रहेका छन् । वुहानमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, ६ क्रु९मेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १६ चिकित्सकसहितको टोली चीन गएको थियो । निगमको एयरबस ३३० शनिबारै अपरान्ह चीनतर्फ उडेको थियो ।

नेपाल फर्किन दूतावासमा निवेदन दिएकामध्ये १० जना चीनमै रोकिएका छन् । बेइजिङस्थित नेपाली दूतावासको अनुसार चार जनाले उतै बस्ने जनाएका छन् । फर्किन तयार ६ जनामा शरीरको तापक्रम बढी देखिएपछि आउन पाएनन् । कोरोना भाइरसको कुनै पनि लक्षण तथा संक्रमण नभएको पुष्टि भएकालाई मात्रै नेपाल फर्काइएको हो ।फर्किन नपाएकाहरुलाई वुहानमै क्वारेन्टाइनमा चिकित्सकीय निगरानीमा राखिनेछ ।कोरोना भाइरसको संक्रमण चीनभर फैलिएपछि हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए ।

वि.सं.२०७६ फागुन ४ आइतवार ०७:२५ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...