५ फागुन, काठमाडौँ । खाद्यवस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।
गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालू आर्थिक वर्षको ६ महिनामा भने ४८. २४ प्रतिशतसम्म बढेको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा रहेका अन्य वस्तुको मूल्य पनि बढेको छ ।
प्रतिवेदनखनुसार गत पुसमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल, गेडागुडी र फलफूलको मूल्यवृद्धि उच्च थियो । मसलाको मूल्यवृद्धि दर १५.०६ प्रतिशत बढेको छ । अघिल्लो वर्षको पुससम्म यस्तो मूल्यवृद्धि २.६३ प्रतिशत मात्र थियो । सोमबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ फागुन ५ सोमवार ०७:३३ मा प्रकाशित






























