back
CTIZAN AD

हजार रूपैयाँबाट सुरु गरेको व्यवसायबाट १० वर्षमा करोडपति !

वि.सं.२०७६ फागुन ५ सोमवार

786 

shares

५ फागुन, कास्की । एक दशकअघि हजार रुपियाँको लगानीबाट व्यवसाय सुरु गरेका व्यक्ति करोडौँ रुपियाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो, २०५७ सालमा मकवानपुरबाट पोखरा आएर व्यवसाय थालेका दीपक तिमिल्सिना आफ्नो पसिनाको कमाइबाट करोडौँको मालिक बनेका छन् ।

पश्चिम नेपालका ग्रामीण क्षेत्रबाट दाल, गेडागुडीलगायतका कृषि उत्पादन ल्याएर जानकी एग्रो प्रोडक्ट उद्योग सञ्चालन गर्नु भएका तिमिल्सिनाको अनुभवले कुनै पनि पेसा, व्यवसायमा मिहिनेत र निरन्तरता दिए सफलता सहजै हात पार्न सकिन्छ ।

व्यवसाय सुरु गर्दाको अवस्थाबाट अहिलेको स्थितिमा उनको व्यावसायिक लगानी १८ करोड बराबरको भएको तिमिल्सिनाले बताए । जानकी एग्रोतिर सात करोड र फार्ममा ११ करोड रुपियाँको लगानी छ ।

तिमिल्सिना दम्पतीको मिहिनेतले अचेल पोखरामा उनको ब्रान्ड राम्रै ब्रान्ड बन्न सफल भएको छ । उनकी श्रीमती जानकी तिमिल्सिनाले भने, पोखरामा टिकेर बसेका कारणले नै सबैले पत्याउने भएका छौँ, गाउँघरमा फल्ने अर्गा्निक कृषि उत्पादन सहरमा माग भएकाले यस व्यवसायमा हामीलाई सफलता मिलेको हो । सोमबारको गोरखापत्र दैनिकबाट

वि.सं.२०७६ फागुन ५ सोमवार ०७:४७ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

म्याग्दी (बेनी) । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...