७ फागुन, काठमाडौँ । अधिकांश आयोजनाले समयमा काम नगरेर ठेक्का अलपत्र पारेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको पछिल्लो तथ्यांकमा आधा काम गरेर ठेक्का अलपत्र काम बढेको छ । काठमाडौंको चाबहिल जोरपाटी सडक विस्तार तथा निमार्णका लागि सहरी मन्त्रालयमार्फत बज्रगुरु कम्पनी , च्यांमिला कम्पनी र खानी जेभी निमार्ण सेवाले १३ असोज २०७२ मा ठेक्का पाएर १४ पुस २०७४ मा सम्पन्न गर्नेपर्ने थियो ।
संयुक्त रुपमा तीनवटा कम्पनीले अहिलेसम्म सो काम पूरा गर्न सकेका छैनन् । ३१ अर्ब ८१ करोड ४७ लाख रुपैयाँको सो ठेक्काको काम हालसम्म ६५ प्रतिशत मात्रै पूरा भएको छ । बुधबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ फागुन ७ बुधवार ०७:३३ मा प्रकाशित






























