७ फागुन, काठमाडौँ । चीनबाट उद्धार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ ।
नमुना सङ्कलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलबार बेलुकासम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको हो । नतिजा नेगेटिभ आएकाले उनीहरुमा कोरोना भाइरस (कोभिड १९) संक्रमण नभएको पाइएको छ ।
उनीहरुको ‘थ्रो स्वाव’ र नेजल स्वाव’ गरिएको थियो । क्वारेन्टाइनमा १ सय ३५ पुरुष र ४० महिला छन् । बुधबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ फागुन ७ बुधवार ०८:०० मा प्रकाशित






























