back
CTIZAN AD

चिनियाँ दूतावासको विज्ञप्तिको विरोधमा सम्पादकहरुले निकाले यस्तो वक्तव्य

वि.सं.२०७६ फागुन ७ बुधवार

756 

shares

पत्रिकामा प्रकाशित सामग्रीलाई लिएर चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति जारी गरेपछि बिभिन्न सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरुले बिरोध जनाइरहेका छन् । बुधबार एक वक्तव्य जारी गर्दै सम्पादकहरूले कुनै विचार वा समाचार प्रकाशित गरेवापत सम्पादकको नाम नै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति असहमति रहेको जनाएका हुन् ।

प्रेसमा आएका सामग्रीप्रति असहमति, खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको सम्मान गर्ने तर धम्की सहन नसकिने जारी बक्तव्यमा उल्लेख छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले विज्ञप्तिमार्फत ‘द काठमाडौं पोस्ट्’मा मंगलबार प्रकाशित एक आलेख र तस्वीरले चीनविरुद्ध द्वेष फैलाएको भन्दैं आपत्ति प्रकट गरेको थियो ।

विज्ञप्तिमा पत्रिकाका प्रधान सम्पादक अनुप काफ्ले समेतको नाम उल्लेख गरी उनी चीन मामिलामा जहिल्यै पूर्वाग्रही रहेको र यसपटक त चीनविरोधी शक्तिको सुगा बनेको आरोप समेत लगाइएको छ ।

सम्पादकहरू अमित ढकाल, सुधीर शर्मा, अखिलेश उपाध्याय, किरण नेपाल, कृष्णज्वाला देवकोटा, राजेन्द्र दाहाल, प्रकाश रिमाल, गुणराज लुइँटेल, सुभाष घिमिरे, अरुण बराल, बसन्त बस्नेत, हरिबहादुर थापा, पूर्ण बस्नेत, शिव गाउँले, प्रशान्त अर्याल, प्रतीक प्रधान र नारायण वाग्लेद्वारा वक्तव्य जारी गरेका हुन् । सार्वजनिक वक्तव्यमा भने उनीहरुको हस्ताक्षर भने छैन ।

यसअघि कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले काठमाडौं पोष्टमा प्रकाशित लेख र त्यसमा प्रयुक्त चित्रप्रति चिनियाँ दूतावासको प्रतिक्रिया आपत्तिजनक रहेको बताएका थिए । शर्माले बुधबार ट्वीट गर्दै प्रकाशित सामग्रीप्रति जा ेकसैले असहमति जनाउन सक्ने तर धम्कीपूर्ण अभिव्यक्ति दिदैं प्रेसमाथि प्रहार गर्न नपाउने आशय व्यक्त गरेका थिए ।

वि.सं.२०७६ फागुन ७ बुधवार १५:११ मा प्रकाशित

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...