back
CTIZAN AD

चीनबाट ल्याइएका नेपालीमा देखिएन कोरोना संक्रमण

वि.सं.२०७६ फागुन ७ बुधवार

693 

shares

७ फागुन, काठमाडौ । कोरोना भाइरसको उद्गम स्थल चीनको हुबेई प्रान्तबाट उद्धार गरी ल्याइएका एक सय ७५ जना नै कोरोना भाइरसको संक्रमण मुक्त रहेको पाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार उनीहरुमा संक्रमण नभेटिएको जानकारी दिएको हो । मन्त्रलायका अधिकारहरुले पत्रकार सम्मेलन गरेर यसबारेको जानकारी दिएका हुन्।

वुहान सहरबाटसमेत ल्याइएका नेपालीमा कोरोनाको कुनै लक्षण नदेखिएको जनाउँदै स्वास्थ्य मन्त्रालयले आमनागरिकलाई ढुक्क हुन अपिल गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट ल्याइएका सबै नागरिकको नाक र घाँटीभित्रको स्वावको पटक पटकको परीक्षणबाट कोरोनाको भाइरस नेगेटिभ देखिएको हो। ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट मंगलबार अपरान्ह प्राप्त जानकारी अनुसार १७५ जनाको नाक र घाँटी भित्रको स्वाबको नमुनाहरुमा नोभेल कोरोना भाइरसको परीक्षण गर्दा कुनै पनि व्यक्तिमा २०१९ नोभेल कोरोना भाइरस नभेटिएको जानकारी गराइन्छ’, श्रेष्ठले भनेका छन् ।

ती सबैमा कोरोना भाइरस नेगेटिभ देखिएपछि चीनबाट ल्याएको १४ औँ दिनमा उनीहरुको नमुनाको पुनः परीक्षण गरिएपछि मात्र त्यहाँबाट बाहिर निस्किन दिइने छ । ‘उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई क्वारेन्टाइनमा राखिएको छ।

वि.सं.२०७६ फागुन ७ बुधवार १५:४१ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...